back
NMB ad

चीनको सरकारी स्वामित्वको बैंकिङ कम्पनीका पूर्व प्रमुख पार्टीबाट बर्खास्त   

Kumari bank ad

बेइजिङ, २२ : चीनको सरकारी स्वामित्वको बैंकिङ कम्पनी, एभरब्राइट ग्रुपका पूर्व प्रमुखलाई ‘अनुशासन र कानूनको गम्भीर उल्लङ्घन गरेको’ भन्दै सत्तारुढ कम्युनिस्ट पार्टी (सीपीसी) बाट सार्वजनिक पदमा रहन अयोग्य गरी बर्खास्त गरिएको छ ।

यसअघि एभरब्राइटको पार्टी सचिव र अध्यक्षका रूपमा काम गरेका ली सियाओपेङलाई अनुशासनको छानबिनपछि सजाय सुनाइएको हो ।

समाचार एजेन्सी सिन्ह्वाका अनुसार लीले उपहार र पैसा लिनुभएका, आचरण सुधार गर्ने पार्टीको नीतिको अवज्ञा गर्नुभएको र उहाँको मुद्दाको अनुसन्धानमा बाधा पु¥याउने प्रयास गर्नुभएको थियो ।
सिन्ह्वाले भनेको छ, “लीले पदाधिकारीको छनोट र नियुक्तिमा अरूका लागि फाइदा माग्नुभएको थियो र आफ्नो शक्तिको फाइदा उठाउँदै आफ्ना नातेदारलाई उनीहरूको व्यवसाय सञ्चालन गतिविधिमा नाफा सुरक्षित गर्नुभएको थियो ।”

एक अर्थशास्त्रीको रूपमा प्रशिक्षित, लीले आफ्नो कामको अधिकांश समय वित्त उद्योगमा बिताउनुभएको थियो ।

मार्च २०२२ मा चाइना एभरब्राइटको अध्यक्षपदबाट सेवानिवृत्त हुनुअघि उहाँले धेरै प्रमुख चिनियाँ बैंकहरूमा नेतृत्वदायी पदहरूमा सेवा गर्नुभएको थियो ।

राष्ट्रपति सी चिनफिङले कथित भ्रष्टाचारविरुद्ध आक्रामक कारबाहीको नेतृत्व गरिरहनुभएको छ ।

चीनको केन्द्रीय अनुशासन अनुगमन आयोग (सीसीडीआई) ले मार्चमा चाइना एभरब्राइट ग्रुप र देशको वित्तीय क्षेत्रका अन्य प्रमुख खेलाडीसहित ३० वटा सरकारी स्वामित्वका उद्यमहरूलाई लक्षित गरी ‘अनुगमन यात्रा’सुरु गर्ने बताएको थियो ।

गत महिना चाइना लाइफ इन्स्योरेन्सका पूर्व अध्यक्ष तथा सीसीपी प्रमुख वाङ बिनलाई घुस लिएको र विदेशमा बचत लुकाएको आरोपमा ‘दुई वर्षको जेल सजायसहित मृत्युदण्ड’ दिइएको थियो ।

उहाँको सजाय ‘आजीवन कारावासमा परिवर्तन’ हुनसक्ने बताइएको छ ।

वि.सं.२०८० असोज २२ सोमवार १६:०४ मा प्रकाशित

You can share this post!

मानवीय सेवाका लागि बेलायतमा डेढ करोड सङ्कलन   

मानवीय सेवाका लागि बेलायतमा डेढ करोड सङ्कलन   

वि.सं.२०८१ जेठ ३ बिहीवार १४:१३

काठमाडौँ, ३ जेठ : मानवसेवा आश्रम सहयोगार्थ रु एक करोड...

निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी आगामी बजेट र मौद्रिक नीति ल्याउने

निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी आगामी बजेट र मौद्रिक नीति ल्याउने

वि.सं.२०८१ जेठ ३ बिहीवार १४:०३

काठमाडौं । सरकारले विकास र समृद्धिमा निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी...

शिक्षक चन्दको हत्यामा संलग्न भएको आरोपमा भण्डारी पक्राउ   

शिक्षक चन्दको हत्यामा संलग्न भएको आरोपमा भण्डारी पक्राउ   

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:५१

कञ्चनपुर, ३ जेठः बेलौरी नगरपालिका–६ विद्यानगरका सेवानिवृत्त शिक्षक अन्दाजी ६३...

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:२५

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत पाएका छन्...

राष्ट्रियसभा बैठक अपराह्न ४ः३० बजे बस्ने   

राष्ट्रियसभा बैठक अपराह्न ४ः३० बजे बस्ने   

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:१६

काठमाडौँ, ३ जेठ : राष्ट्रियसभाको बैठक आज अपराह्न ४ः३० बजे...

राष्ट्रपति पुटिन चीन भ्रमणमा   

राष्ट्रपति पुटिन चीन भ्रमणमा   

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:०३

बेइजिङ (चीन), ३ जेठ : रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो...