काठमाडौं । इजरायलमा प्यालेस्टाइन लडाकु समूह हमासको आक्रमणका कारण अलपत्र परेका ३२ जना नेपालीलाई उद्धार गरी सुरक्षित स्थानमा लगेको छ ।
उद्धार गरिएका हरूलाई इजरायली सेनाले नेपाली दूतावास रहेको तेलअविव क्षेत्रमा लगेको छ । केहीलाई भने बेतकाम क्षेत्रमा राखेको छ ।
नौ जनालाई बेनी अमार कृषि फर्म, ११ जनालाई डेभिडियन कृषि फर्म, चार जनालाई कादोस फर्मबाट उद्धार गरिएको छ ।
यस्तै थप चार जनालाई रचमिम मुग्रबी फर्म र तीन जनालाई शोह्रासिम कृषि फर्मबाट उद्धार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
वि.सं.२०८० असोज २२ सोमवार २०:०९ मा प्रकाशित