back
NMB ad

प्रदेश सरकारले किसानलाई छ करोड क्षतिपूर्ति दिने   

Kumari bank ad

कर्णाली, २४ असोज : कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को भदौ र असोज महिनामा प्राकृतिक प्रकोपबाट क्षति व्यहोरेका किसानलाई रु छ करोड क्षतिपूर्ति प्रदान गर्ने भएको छ ।

मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा आज बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले भदौ र असोजमा अविरल वर्षा तथा हावाहुरीबाट क्षति व्यहोरेका किसानका लागि सो बजेट स्वीकृत गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिनुभयो । बालीनाली तथा पशुपन्छीमा क्षति व्यहोरेका किसानलाई सरकारले राहत प्रदान गर्ने उहाँले बताउनुभयो ।

प्रवक्ता जिसीका अनुसार आजको बैठकले यही असोज २० गते इजरायलको किबुज अलुमियमा आतङ्ककारी समूह हमासको आक्रमणमा परी ज्यान गुमाएका कर्णाली प्रदेशका नागरिकका परिवारलाई रु तीन लाखका दरले सहयोग गर्ने घोषणा गरेको छ । साथै इजरायलमा रहेका नेपाली नागरिकको चाँडो उद्धार गर्न प्रदेश सरकारले नेपाल सरकारलाई आग्रह गरेको प्रवक्ता जिसीले बताउनुभयो ।

वि.सं.२०८० असोज २४ बुधवार २१:०२ मा प्रकाशित

You can share this post!

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

वि.सं.२०८१ जेठ १२ शनिवार ०७:१०

काठमाडौँ : रौतहटको श्रीराम सुगर मिल्स लिमिटेड सञ्चालन गर्न सहमति...

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:५२

मध्यविन्दु (नवलपरासी) : नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–३ मा...

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:४२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १५:१५

काठमाडौँ, ११ जेठ : डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको...

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:५७

काठमाडौँ, ११ जेठः नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सव...

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:३६

गलेश्वर (म्याग्दी), ११ जेठ : हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित निलगिरि...