काठमाडौं । आज असोज २६ गते शुक्रबार सुनको भाउ बढेको छ । उक्त दिन सुन प्रतितोला ६०० रुपैंयाले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँ कायम भएको छ।
अघिल्लो कारोबार दिन बिहीबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी आज चाँदीको भाउ प्रतितोला ५ रुपैंयाले घटेर तोलाको १ हजार ३४५ रुपैयाँ कायम भएको छ। बिहीबार चाँदी १ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो।
वि.सं.२०८० असोज २६ शुक्रवार १०:५२ मा प्रकाशित