काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले कास्कीको पोखरा महानगरपालिका–१ मा निर्माणाधीन विन्ध्यवासिनी प्राकृतिक चिकित्सालयको पूर्वाधार निर्माण तथा विकासका लागि आर्थिक सहयोगस्वरूप ५ लाख रुपैयाँ सहयोग गरेको छ ।
सलिकोले सामाजिक कार्यको लागि यती ठूलो धनरासी सहयोग गरेबाट कम्पनी व्यवसायिक कार्यमा मात्र नभई समग्र सामाजिक बिकासमा टेवा पु¥याउन लागि परेको भन्न सकिन्छ ।
व्यवसायिक समाजिक उत्तरदायित्वमा सचेत सलिकोले यस अघि समेत शिक्षा, स्वास्थ्य, गरिवी निवारण जस्ता सामाजिक क्षेत्रमा आर्थिक सहयोग पु¥याएको बताएको छ ।
वि.सं.२०८० असोज २६ शुक्रवार ११:३८ मा प्रकाशित