काठमाडौं । चिरख्वा हाइड्रोपावरले असोज २३ गतेबाट निष्काशन गरेको आईपीओमा १ अर्ब ३१ करोड ९९ लाख २४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
सीडीएसका अनुसार आज अन्तिम दिन (असोज २२ गते) साँझसम्ममा १२ लाख १२ हजार ६४५ जना आवेदकले १ करोड ३१ लाख ९९ हजार २४० लागि आवेदन दिएका छन् । यो मागभन्दा १५.३६ गुणा बढी आवेदन हो ।
कम्पनीले १०० अंकित दरका कुल ८ लाख ५९ हजार ३०० कित्ता सेयर सार्वसाधारणलाई बिक्री खुला गर्नेछ। जसमा आयोजना प्रभावित स्थानीयका लागि जारी गरिएको सेयरमा बिक्री नभएको १ लाख ९५ हजार ३०० कित्ता पनि थप गरिएको छ।
कम्पनीले कर्मचारीलाई २ प्रतिशतले हुन आउने १६ हजार कित्ता र सामूहिक लगानी कोषलाई ५ प्रतिशतले हुन आउने ४० हजार कित्ता सेयर बाँडफाँड गरिसकेको छ। यो आईपीओको बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ।
वि.सं.२०८० असोज २६ शुक्रवार १७:३४ मा प्रकाशित