काठमाडौं । आज असोज २९ गते सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । उक्त दिन बजार २३.१६ अंकले घटेर १८५१ को विन्दुमा कायम हुन पुगेको हो ।
आज सेयर बजारमा गिरावट आउँदा सबैभन्दा बढी प्रभु बैंक प्रमोटर सेयरको कारोबार भएको छ । आज कम्पनीको ६ करोड २४ लाख ७६ हजार रुपैया बराबरको कारोबार भएको छ ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको हाथवे इन्भेष्टमेन्ट लिमिटेडको ५ करोड २७ लाख २ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै उक्त सिटिजन लाइफ इन्स्योरेन्सको ३ करोड ६७ लाख २३ हजार रुपैयाँ, रिलायबल नेपाल लाइफको ३ करोड ५८ लाख २९ हजार रुपैयाँ र एनआइसी एशिया बैंकको ३ करोड ४३ लाख ३५ हजार रुपैयाँको कारोबार भएको हो ।
वि.सं.२०८० असोज २९ सोमवार १५:१२ मा प्रकाशित