back
NMB ad

दसैंलाई नयाँ नोटः वाणिज्य बैंकका यी शाखाबाट पाइन्छ साट्न

Kumari bank ad

काठमाडौं । बैंकहरुले असोज २९ गतेदेखि दसैंका लागि नयाँ नोट सटही सुविधा दिइरहेका छन् । नेपाल राष्ट्र बैंकले केन्द्रीय कार्यालय बालुवाटार आफ्ना प्रादेशिक कार्यालयहरुमार्फत बैंक तथा वित्तीय संस्था, सर्वसाधारण र संस्थागत रुपमा नयाँ नोट सटही कात्तिक ३ गतेसम्मका लागि खुला गरिसकेको छ ।

वाणिज्य बैंकहरुले सीमित शाखाहरुबाट मात्रै सर्वसाधारणलाई नयाँ नोट सटही सुबिधा दिंदै आएका छन् । वाणिज्य बैंकहरूले निश्चित शाखा कार्यालयहरू तोकेका छन् । एक पटकमा एक व्यक्तिले १८ हजार ५०० रुपैयाँसम्म नयाँ नोट साट्न सक्नेछन् । ५, १०, २०, ५० र १०० रुपैयाँका नोट सटहीको व्यवस्था मिलाइएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

कुमारी बैंक
बैंकले उपत्यकाका पुतली सडक, गोङ्गबु, महाराजगञ्ज, कुमारीपाटी, चावहिल, पेप्सिकोला, बागबजार, टेकु, नयाँ बानेश्वर र सूर्यविनायक शाखाबाट नयाँ नोट साट्न पाइने जनाएको छ । बैंकले नयाँ नोटमा ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नयाँ नोटका १र१ प्याकेट मात्रै सटही सुविधा दिने उल्लेख गरेको छ ।

ग्लोबल आइएमई बैंक
बैंकको कान्तिपथ, कमलादी, धापासी, पुल्चोक र सूर्यविनायक शाखा कार्यालयबाट नयाँ नोट साट्न पाइन्छ । बैंकले नयाँ नोटमा ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नयाँ नोटका १—१ प्याकेट मात्रै गरेर प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ सटही सुविधा दिने उल्लेख गरेको छ ।

सिटिजन्स बैंक
सिटिजन्सले दरबारमार्ग, न्यूरोड, कलंकी, मैतिदेवी, थापाथली, कमलादी, नयाँबानेश्वर, सामाखुशी, धुमबाराही, बौद्ध, किर्तिपुर, कुमारीपाटी, थसिखेल, भैंसेपाटी, ठिमी र सूर्यविनायक शाखाबाट नयाँ नोट सटही सुविधा दिने जनाएको छ । बैंकले ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नयाँ नोटका १र१ प्याकेट मात्रै सटही सुविधा दिने उल्लेख गरेको छ ।

नबिल बैंक
नबिलले असोज २९ गतेदेखि उपत्यकाका ५ वटा शाखा कार्यालयबाट नयाँ नोट सटही सुविधा दिइरहेको छ । बैंकले लाजिम्पाट, गुसिंगल, मंगलबजार, कलम विनायक र बौद्ध जोरपाटी शाखा कार्यालयबाट नयाँ नोट सटही सुविधा दिएको जनाएको छ ।

माछापुच्छ्रे बैंक
बैंकले उपत्यकाभित्रका ३ वटा शाखा कार्यालयबाट प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ नोट सटही दिएको जनाएको छ । बैंकले लाजिम्पाट, कौशलटार र पुल्चोक शाखाबाट नयाँ नोट सटही सुविधा उपलब्ध गरेको जनाएको छ ।

एनआइसी एसिया बैंक
बैंकले थापाथली, धापासी, भैसेपाटी र बयासी विस्टार शाखाबाट नयाँ नोट साट्न सकिने जनाएको छ । बैंकले ५, १०, २०, ५० र १०० रुपैयाँदरका नयाँ नोट प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँसम्म साट्न सकिने जनाएको छ ।

प्रभु बैंक
प्रभुले नयाँ बानेश्वर, स्वयम्भु, कुमारीपाटी, भैंसेपाटी र ठिमी शाखा कार्यालयबाट नयाँ नोट सटही सुविधा दिइरहेको छ । बैंकले कात्तिक ३ गतेसम्म राष्ट्र बैंकले तोकेको सीमाभित्र रहेर नयाँ नोट सटही सुविधा दिने उल्लेख गरेको छ ।

हिमालयन बैंक
बैंकले ठमेल, सुनधारा र पुल्चोक शाखाबाट नयाँ नोट साट्न सकिने जनाएको छ । बैंकले ५, १०, २०, ५० र १०० रुपैयाँदरका नयाँ नोट प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँसम्म साट्न सकिने जनाएको छ ।

लक्ष्मी सनराइज बैंक
बैंकले उपत्यकाका ९ वटा शाखा कार्यालयबाट नयाँ नोट सटही सुविधा दिइरहेको छ । यस बैंकले पुतली सडक, गौह्रिधारा, हात्तीसार, पुल्चोक, भक्तपुर, न्यूरोड, गौशाला, कालिकास्थान र कालिमाटी शाखाबाट नयाँ नोट साट्न पाइने जनाएको छ । बैंकले नयाँ नोटमा ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नयाँ नोटका १—१ प्याकेट मात्रै सटही सुविधा दिने उल्लेख गरेको छ ।

सिद्धार्थ बैंक
बैंकले हात्तीसार, बौद्ध, जावलाखेल र भक्तपुरको गठ्ठाघर शाखा कार्यालयबाट नयाँ नोट सटही सुविधा दिइरहेको छ । यो बैंकले बिहान ११ बजेबाट १ बजेसम्म नयाँ नोट सटही सुविधा दिने जानकारी दिएको छ ।

एनएमबि बैंक
बैंकको सितापाइला, कान्तिपथ, सूर्यविनायक, बागदरवार, चावहिल र बसुन्धारा शाखा कार्यालयबाट नयाँ नोट साट्न पाइन्छ । बैंकले नयाँ नोटमा ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नयाँ नोटका १र१ प्याकेट मात्रै गरेर प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ सटही सुविधा दिने उल्लेख गरेको छ ।

प्राइम कमर्सियल बैंक
बैंकले कमलपोखरी, सामाखुसी, कालीमाटी, पुल्चोक र सूर्यविनायक शाखा कार्यालयबाट नयाँ नोट सटही सुविधा दिइरहेको छ । यो बैंकले बिहान ११ बजेबाट २ बजेसम्म नयाँ नोट सटही सुविधा दिने जानकारी दिएको छ ।

वि.सं.२०८० असोज ३० मंगलवार १२:०४ मा प्रकाशित

You can share this post!

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

वि.सं.२०८१ जेठ १२ शनिवार ०७:१०

काठमाडौँ : रौतहटको श्रीराम सुगर मिल्स लिमिटेड सञ्चालन गर्न सहमति...

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:५२

मध्यविन्दु (नवलपरासी) : नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–३ मा...

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:४२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १५:१५

काठमाडौँ, ११ जेठ : डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको...

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:५७

काठमाडौँ, ११ जेठः नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सव...

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:३६

गलेश्वर (म्याग्दी), ११ जेठ : हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित निलगिरि...