काठमाडौं । दशैं अघिको अन्तिम कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । बिहीबार बजार ४.०५ अंकले घटेर १९०३ को विन्दुमा कायम हुन पुगेको हो ।
अघिल्लो दिन बजार ४३.२७ अंकले बढेर १९०७ को विन्दुमा कायम भएको थियो ।
आज नेप्सेमा कारोबार भएको २८४ कम्पनीको ३७ लाख ६६ हजार १५३ कित्ता सेयर किनबेच हुँदा ९७ करोड ६ लाख १२ हजारको कारोबार भएको छ । बजार घटेसँगै आज ९ वटा उपसूचकमा राताम्मै भएको छ ।
सेयर बजारमा गिरावट आउँदा अपर सोलु हाइड्रोको सेयर मूल्य सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य ८.२५ प्रतिशतले घटेको छ । त्यसैगरी, इन्फिनिटी लघुवित्तको ६.७३ प्रतिशत, आशा लघुवित्तको ६.६१ प्रतिशत, सयपत्री हाइड्रोपावरको ५.२२ प्रतिशत र ज्याति विकास बैंकको ४.९४ प्रतिशतले सेयर मूल्य घटेको छ ।
वि.सं.२०८० कात्तिक २ बिहीवार १५:२२ मा प्रकाशित