back
NMB ad

नेपालसहित यी ७ देशमा चामल निर्यात गर्दै भारत,  कुन देशमा कति ?

Kumari bank ad

नयाँ दिल्ली, २ कार्तिक : भारत सरकारले नेपाल, क्यामरुन, कोटे डी आइभोर, गिनी, मलेसिया, फिलिपिन्स र सेशेल्समा १० लाख टनभन्दा बढी गैर-बासमती सेतो चामल निर्यात गर्न अनुमति दिएको छ ।

वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको वैदेशिक व्यापार महानिर्देशनालय (डीजीएफटी)ले बुधबार जारी गरेको सूचना अनुसार राष्ट्रिय सहकारी निकासी लिमिटेड (एनसीईएल) मार्फत सो परिमाणको चामल निकासी गर्न अनुमति दिइएको हो ।

‘गैर-बासमती सेतो चामलको निर्यात नेपाल, क्यामरून, कोटे डी आइभोर, गिनी, मलेसिया, फिलिपिन्स र सेसेल्सलाई निर्यात गर्न अनुमति दिइएको छ,’ लिमिटेडद्वारा जारी सूचनामा भनिएको छ।

नेपालका लागि ९५ हजार टन, क्यामरुनका लागि १ लाख ९० हजार टन, कोट डी आइभोर र गिनीका लागि १ लाख ४२ हजार टन, मलेसियाका लागि १ लाख ७० हजार टन, फिलिपिन्सका लागि २ लाख ९५ हजार टन र सेलेसलाई ८ सय टन चामल पठाइएको हो ।

भारत सरकारले जुलाईमा घरेलु आपूर्ति बढाउन गैर-बासमती सेतो चामलको निर्यातमा प्रतिबन्ध लगाएको थियो।

वि.सं.२०८० कात्तिक २ बिहीवार १९:३५ मा प्रकाशित

You can share this post!

राष्ट्रपति पुटिन चीन भ्रमणमा   

राष्ट्रपति पुटिन चीन भ्रमणमा   

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:०३

बेइजिङ (चीन), ३ जेठ : रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो...

चुरे विनाशको असर : खानेपानीको समस्या विकराल बन्दै   

चुरे विनाशको असर : खानेपानीको समस्या विकराल बन्दै   

वि.सं.२०८१ जेठ ३ बिहीवार १२:५५

अजयकुमार साह  धनुषा, ३ जेठ : तराई–मधेसका जिल्लाहरुमा लोकमार्गदेखि दक्षिणी...

प्रतिनिधिसभा बैठक ४ बजे बस्ने   

प्रतिनिधिसभा बैठक ४ बजे बस्ने   

वि.सं.२०८१ जेठ ३ बिहीवार १२:३३

काठमाडौँ, ३ जेठ : प्रतिनिधिसभाको बैठक अपराह्न ४ बजे बस्ने...

दुर्घटनामा दुईजनाको मृत्यु, चार घाइते   

दुर्घटनामा दुईजनाको मृत्यु, चार घाइते   

वि.सं.२०८१ जेठ ३ बिहीवार १२:२४

बागमती, ३ जेठ : मकवानपुरको छुट्टाछुटै स्थानमा भएको सवारी दुर्घटनामा...

राज्यले अटो क्षेत्रलाई अत्यावश्यक क्षेत्रमा समेट्नुपर्दछः नाडा उपाध्यक्ष श्रेष्ठ

राज्यले अटो क्षेत्रलाई अत्यावश्यक क्षेत्रमा समेट्नुपर्दछः नाडा उपाध्यक्ष श्रेष्ठ

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:५१

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष राजनबाबु श्रेष्ठले...

बजेटमार्फत ऊर्जा दशक र विशेष सुरक्षा नीति घोषणा गरियोस्ः इप्पान अध्यक्ष कार्की

बजेटमार्फत ऊर्जा दशक र विशेष सुरक्षा नीति घोषणा गरियोस्ः इप्पान अध्यक्ष कार्की

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:४२

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानका अध्यक्ष गणेश कार्कीले...