back
NMB ad

मल्लकालीन संस्कृतिलाई निरन्तरता दिँदै कोटभैरवमा भित्र्याइयो फूलपाती   

Kumari bank ad

गण्डकी, ४ कात्तिक : पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित कोटभैरव मन्दिरको कोतघरमा मल्लकालीन संस्कृतिलाई निरन्तरता दिँदै आज फूलपाती भित्र्याइएको छ ।

प्राचीन परम्पराअनुसार मन्दिर आसपासका बस्ती बरमाझथर, बरपौवा, बरधारापानीलगायतका गाउँबाट फूलपाती सङ्कलन गर्ने संस्कृतिको निरन्तरताका लागि मगर समुदायका दुुई जनालाई फूलपातेका रुपमा परिचालन गरिएको कोटभैरव मन्दिर संरक्षण समितिका सचिव कमलप्रसाद पौडेलले राससलाई जानकारी दिनुुभयो ।

सङ्कलन गरिएका फूलका डोलीलाई मन्दिर परिसरको केही तलस्थित मैदानमा विशेष पूजाआजा गरी बाजागाजाका साथ कोतघरमा पुु¥याइएको उहाँले बताउनुुभयो । यसरी फूलपाती भित्र्याउँदा समाज एवं राष्ट्रको कल्याण हुने जनविश्वास छ ।

मल्लकालीन समयदेखि अस्तित्वमा रहेको कोटभैरव मन्दिरमा तत्कालीन समयदेखि नै प्रत्येक वर्षको दुुर्गा पक्षमा घटस्थापना गरी फूलपाती भित्र्याउने, महाअष्टमी, कालरात्रि, महानवमी विशेष पूजाका साथै विजयादशमीका दिन सामूहिक टीकाप्रसाद लगाउने प्रचलन छ ।

घटस्थापनादेखि विजयादशमीसम्म मन्दिरमा मगर पुजारीले नियमित सरसफाइ तथा पूजाका साथै अन्य नियमित पूजाआजा र ब्राम्हण पुजारीले दुुर्गा सप्तशती पाठ गर्दछन् ।

कोटभैरवको दर्शन गरेमा मनले चिताएको पुुग्ने विश्वासका कारण कास्की, तनहुँ र स्याङ्जा आसपासका स्थानबाट ठूलो सङ्ख्यामा दर्शनार्थी कोटभैरव आउने गरेका छन् ।

वि.सं.२०८० कात्तिक ४ शनिवार २०:४२ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...