काठमाडौं । नेपाल राष्ट्र बैंकले आज कात्तिक १२ गते आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९० पैसा र बिक्री दर १३३ रुपैयाँ ५० पैसा रहेको छ।
त्यसैगरी, युरो एकको खरिद दर १४० रुपैयाँ ४० पैसा र बिक्री दर १४१ रुपैयाँ ०३ पैसा रहेको छ।बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ २८ पैसा र बिक्री दर १६२ रुपैयाँ ०१ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
वि.सं.२०८० कात्तिक १२ आइतवार ०६:५३ मा प्रकाशित