काठमाडौं । मैलुङ खोला जलविद्युत लिमिटेडले पहिलो शेयर कारोबारको लागि ९६ रुपैयाँ १४ पैसा देखि २८८ रुपैयाँ ४२ पैसासम्मको ओपनिङ रेञ्ज पाउने देखिएको छ ।
नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने भएकाले उक्त मूल्य रेञ्ज पाउने सम्भावना रहेको हो ।
कम्पनीको सेयर अहिले नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत हुने प्रक्रियामा छ । कम्पनीको आईपीओ दसैँ अघि बाँडफाँड भएको थियो।
वि.सं.२०८० कात्तिक १२ आइतवार ११:२८ मा प्रकाशित