back
NMB ad

नियम उल्लङ्घन गर्नेले सक्कल लाइसेन्स नै बुझाउनुपर्ने   

Kumari bank ad

काठमाडौँ, १४ कात्तिकः काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले नागरिक एपमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिङ्क रहे पनि नियम उल्लङ्घनपछि कारबाहीका क्रममा सक्कल लाइसेन्स नै बुझाउनुपर्नेे स्पष्ट पारेको छ ।

कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले कुनै चालकले नागरिक एपमा लिङ्क रहेको सवारी चालक अनुमतिपत्र देखाउँदा पहिचान मात्रै हुने भएकाले नियम उल्लङ्घन गर्नेलाई कारबाहीका लागि सक्कल लाइसेन्स नै चाहिने बताउनुभएको हो ।

नागरिक एपमा जोडिएपछि अब चालकले लाइसेन्स बोक्नु नपर्ने सन्देश जानेगरी समाचार सार्वजनिक भएपछि यस विषयमा कार्यालयले सूचना जारी गरी स्पष्ट पारेको उहाँले उल्लेख गर्नुभयो ।

कार्यालयले जारी गरेको सूचनामा भनिएकोे छ, “हाललाई कुनै चालकले नागरिक एपमा लिङ्क रहेको सवारी चालक अनुमतिपत्र देखाउँदा उक्त चालक लाईसेन्स प्राप्त गरेको व्यक्ति हो वा होइन भन्ने कुराको जानकारीका लागि मात्र मान्य हुन्छ तर ट्राफिक नियम उल्लङ्घन र कारबाही प्रक्रियाको क्रममा भौतिकरुपमा सक्कलै लाइसेन्स आवश्यक पर्ने व्यहोरा जानकारी गराईन्छ ।”

ट्राफिक नियम उल्लङ्घन नगरेको अवस्थामा मात्रै नागरिक एपमा जोडिएको लाइसेन्सले काम गर्ने जनाइएको छ । नियम उल्लङ्घनपछि भने यसअघि झैँ सामान्य अबस्थामै जसरी सक्कल लाइसेन्सको आधारमा कारबाही प्रक्रिया अघि बढ्ने जनाइएको छ ।

वि.सं.२०८० कात्तिक १४ मंगलवार १२:५८ मा प्रकाशित

You can share this post!

राज्यले अटो क्षेत्रलाई अत्यावश्यक क्षेत्रमा समेट्नुपर्दछः नाडा उपाध्यक्ष श्रेष्ठ

राज्यले अटो क्षेत्रलाई अत्यावश्यक क्षेत्रमा समेट्नुपर्दछः नाडा उपाध्यक्ष श्रेष्ठ

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:५१

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष राजनबाबु श्रेष्ठले...

बजेटमार्फत ऊर्जा दशक र विशेष सुरक्षा नीति घोषणा गरियोस्ः इप्पान अध्यक्ष कार्की

बजेटमार्फत ऊर्जा दशक र विशेष सुरक्षा नीति घोषणा गरियोस्ः इप्पान अध्यक्ष कार्की

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:४२

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानका अध्यक्ष गणेश कार्कीले...

नबील बैंकको सिइओमा ज्ञानेन्द्र प्रसाद ढुङ्गाना पुनः नियुक्त

नबील बैंकको सिइओमा ज्ञानेन्द्र प्रसाद ढुङ्गाना पुनः नियुक्त

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:२२

काठमाडौं । नबील बैंकको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा ज्ञानेन्द्र प्रसाद ढुङ्गाना...

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा पुग्यो

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा पुग्यो

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:४७

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ उच्च विन्दुमा...

वीरगञ्ज सुक्खा बन्दरगाहबाट ४० अर्ब ८३ लाख राजस्व सङ्कलन   

वीरगञ्ज सुक्खा बन्दरगाहबाट ४० अर्ब ८३ लाख राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:३०

वीरगञ्ज (पर्सा), ३ जेठ : सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले...

आज सीता उत्पत्ति दिवस, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइदै   

आज सीता उत्पत्ति दिवस, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइदै   

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:२२

काठमाडौँ, ३ जेठ : आज वैशाख शुक्ल नवमी अर्थात् सीता...