back
NMB ad

आइएमएफको बेलआउट रोक्न श्रीलङ्काद्वारा पुनः कर समायोजन   

Kumari bank ad

कोलम्बो, १४ कात्तिक : राजस्व लक्ष्य पूरा गर्न नसकेको भन्दै अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले ‘बेलआउट’ कर्जा किस्ता रोकेपछि श्रीलङ्काले वस्तु तथा सेवा कर वृद्धिको घोषणा गरेको छ ।

असफल व्यवसाय वा अर्थव्यवस्थालाई थप धराशायी हुनबाट बचाउनका लागि वित्तीय सहायता दिने कामलाई ‘बेलआउट’ हो ।

गत वर्ष अभूतपूर्व आर्थिक सङ्कटका बेला श्रीलङ्काले ४६ अर्ब अमेरिकी डलर बराबरको वैदेशिक ऋणको किस्ता तिर्न नसकेको भन्दै कर्जा कारोबारमा ढिलाई गरेको थियो ।

यसको सरकारले नाटकीय रूपमा करहरू बढाएको छ र आईएमएफको उद्धार योजनाको अनुरूप आफ्नो कमजोर वित्तको मरम्मत गर्न उदार उपभोक्ता छूटमा कटौती गरेको छ ।

सरकारका प्रवक्ता बन्दुला गुणवर्धनाले श्रीलङ्काको कर राजस्वले अझै पनि खर्च धान्न नसकेको र आईएमएफले ३३ करोड अमेरिकी डलरको ऋण किस्ता रोकेपछि अर्को कर वृद्धि आवश्यक भएको बताउनुभयो ।

“ऋणको अर्को किस्ता खोल्नका लागि हामीले थप राजस्व उठाउन आवश्यक छ,” उहाँले पत्रकारहरूसँग भन्नुभयो, “यसको अरू कुनै विकल्प छैन ।”

श्रीलङ्काको मूल्य अभिवृद्धि कर (भ्याट) जनवरीदेखि १५ प्रतिशतबाट बढाएर १८ प्रतिशत पु¥याइने गुणवर्धनाले बताउनुभयो ।

गत वर्षको सङ्कटको चरमोत्कर्षमा श्रीलङ्कामा आवश्यक आयातका लागि विदेशी मुद्राको अभाव भएपछि महिनौंसम्म खाद्यान्न, इन्धन र औषधिको अभाव भएको थियो ।

महिनौंसम्म चलेको विरोध प्रदर्शनका कारण तत्कालीन राष्ट्रपति गोटबाया राजापाक्षे केही समयका लागि देश छोडी विदेशबाटै राजीनामा दिन बाध्य हुनुभएको थियो ।

गत महिना आईएमएफले श्रीलंकासँग दुई अर्ब ९० करोड अमेरिकी डलर को ऋण योजनाको दोस्रो किस्ता वितरण गर्न सम्झौता भएको बताएको थियो ।

उहाँले बताउनुभयो, “कोषको जारी आईएमएफको कार्यकारी बोर्डद्वारा अनुमोदन हुनुपर्ने बाध्यकारी व्यवस्था छ, जो अझै सम्म प्रदान गरिएको छैन ।”

“अधिकारीहरू महत्वाकाङ्क्षी सुधार एजेन्डाप्रति प्रतिबद्ध छन् र उनीहरूको सुधारका प्रयासहरू प्रशंसनीय छन्,” आईएमएफको विज्ञप्तिमा भनिएकोे छ ।

श्रीलङ्काको मुद्रास्फीति गत वर्षको सेप्टेम्बरमा ७० प्रतिशत रहेकोमा यस वर्षको सेप्टेम्बरसम्ममा १.३ प्रतिशतमा झरेको छ ।

तर वासिङ्टनस्थित अन्तिम विकल्पका रूपमा लिइएको ऋणदाताले पनि श्रीलङ्काको ‘पूर्ण आर्थिक पुनरुत्थान अझै सुनिश्चित नभएको’ जनाएको छ ।

वि.सं.२०८० कात्तिक १४ मंगलवार २१:०८ मा प्रकाशित

You can share this post!

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...