back
NMB ad

श्रम स्वीकृतिका लागि नक्कली कागजात बनाउने पक्राउ   

Kumari bank ad

काठमाडौँ, १६ कात्तिक : श्रम स्वीकृति लगायत वैदेशिक रोजगारीका लागि नक्कली कागजात बनाउने दुई जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गोरखा बारपाक सुलिकोट–४ घर भई हाल काठमाडौँ बनस्थली बस्ने २३ वर्षीय अजित फेवाली र सोही ठाउँमा घर भई हाल काठमाडौँको नागार्जुन–१ रानीवन बस्ने २१ वर्षीय विपीन ढकाल रहेका उपत्यका अपराध अनुन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार भिजिट भिसामा विदेश जान लागेका व्यक्ति शङ्कास्पद रहेको भनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पठाइएका कागजातमध्ये सुजल हेङगजुको नाममा रहेको श्रम स्वीकृति नक्कली देखिएको थियो ।

उक्त कागजात बनाउने फेवाली र ढकाल रहेको अनुसन्धानबाट खुल्न आएकाले निजहरुलाई पक्राउ गरिएको केसीले बताउनुभयो । उनीहरुलाई कामपा–१३ मा घर भाडामा लिई वैदेशक रोजगारसम्बन्धी काम गर्ने ट्राभल्सबाट पक्राउ गरिएको थियो ।

उक्त ट्राभल्सको खानतलासी गर्दा ढकाल र फेवालीको मोबाइल एक÷एक थानलगायत हन्य सामग्री बरामद गरिएको प्रहरी उपरीक्षक केसीले बताउनुभयो । उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त कालीमाटी पठाइएको उहाँले जानकारी दिनुभयो ।

वि.सं.२०८० कात्तिक १६ बिहीवार १३:५९ मा प्रकाशित

You can share this post!

आज महँगियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज महँगियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ २ बुधवार १०:४२

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउ बढेको छ...

अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड, कट आफ प्राइस कति ?

अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड, कट आफ प्राइस कति ?

वि.सं.२०८१ जेठ २ बुधवार १०:३५

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल   

संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल   

वि.सं.२०८१ जेठ २ बुधवार १०:२६

काठमाडौँ, २ जेठः सङ्घीय संसद्का दुवै सदनमा उत्पन्न गतिरोध अन्त्य...

यस्तो रहनेछ आजको मौसम

यस्तो रहनेछ आजको मौसम

वि.सं.२०८१ जेठ २ बुधवार १०:२१

काठमाडौँ, २ जेठः हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव...

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने   

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:४६

काठमाडौँ, २ जेठः कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति...

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:२६

काठमाडौँ : अर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारको नीति तथा कार्यक्रम...