back
NMB ad

विश्वकप छनोट : युएईद्वारा हङकङ पराजित     

Kumari bank ad

काठमाडौँ, १६ कात्तिक : आइसिसी ट्वान्टी–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा संयुक्त अरब इमिरेट्स (युएई) ले हङकङलाई हराउँदै विजयी भएको छ ।
माथिल्लो मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा हङकङलाई २२ रनले पराजित गर्दै युएई समूह ‘बी’को विजेता बन्न सफल भयो । यो जितसँगै युएईले भोलि हुने सेमिफाइनल खेलमा नेपालसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाल समूह ‘ए’ को उपाविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । जितको लागि एक सय ७७ रनको विजयी लक्ष्य पछ््याएको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ५४ रनमा समेटियो ।

हङकङका लागि अन्स्या राथले सर्वाधिक ५९ रनको योगदान दिए । उनले ४७ बलमा ८ चौकासहित सर्वाधिक ५९ रन बनाएका हुन् । त्यस्तै एजिज खानले २६ निजाकत खानले २५, तथा नस्रुल्लाह रानाले १३ रन बनाए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । युएईका अली नासिर र जहुर खानले समान दुई विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७६ रनको योगफल बनाएको थियो । युएईका लागि बासिल हामिद सर्वाधिक ५१ रनका योगदान दिए । उनले २९ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ५१ रन बनाएका हुन् ।

कप्तान मोहम्मद वासिमले २४ बलमा ५ चौका र ३ छक्कासहित ४६ रन जोडे । एलिशान शराफुले २४ बलमा २ चौका र २ छक्कासहित ३४ रन बनाए । वृत्य अरविन्द्यले १९ रन जोड्दा खालिद शाह ६ तथा आसिफ खान ४ रनमा आउट भए । हङकङका यासिम मुर्तजाले तीन विकेट लिए भने नस्रुल्लाह रानाले दुई विकेट लिए । त्यस्र्तै एहसान खानले एक विकेट लिए ।

वि.सं.२०८० कात्तिक १६ बिहीवार १४:२९ मा प्रकाशित

You can share this post!

दमौली आगलागी अपडेट : क्षतिको विवरण सङ्कलन गरिँदै   

दमौली आगलागी अपडेट : क्षतिको विवरण सङ्कलन गरिँदै   

वि.सं.२०८१ जेठ ७ सोमवार १२:२३

दमौली (तनहुँ), ७ जेठ : तनहुँको व्यास नगरपालिका–३ दमौलीस्थित मुख्यचोकका...

सिजि नेस्क्टजेनको जिम्नी रारा एडभेन्चर, “अ राईड विथ अ कज“ सम्पन्न

सिजि नेस्क्टजेनको जिम्नी रारा एडभेन्चर, “अ राईड विथ अ कज“ सम्पन्न

वि.सं.२०८१ जेठ ७ सोमवार ११:४९

काठमाडौं । नेपालका लागि सुजुकी व्राण्ड चार पाङ्ग्रे सवारी साधनको...

थप २ लाख ३१ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप २ लाख ३१ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ जेठ ७ सोमवार ११:२७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार थप एक कम्पनीको...

एक लघुवित्तको २ लाख १३ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

एक लघुवित्तको २ लाख १३ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ जेठ ७ सोमवार ११:१९

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार एक कम्पनीको बोनस...

अर्थतन्त्र पुनःरुत्थानका लागि लगानीमैत्री बजेटको आवश्यकता   

अर्थतन्त्र पुनःरुत्थानका लागि लगानीमैत्री बजेटको आवश्यकता   

वि.सं.२०८१ जेठ ७ सोमवार ११:१०

चन्द्रप्रसाद ढकाल    काठमाडौँ, ७ जेठ : औद्योगिक उत्पादनमा कमी र...

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, आज कति बढ्यो ?

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८१ जेठ ७ सोमवार ११:०३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनचाँदीको भाउमा नयाँ रेकर्ड...