काठमाडौं । होटल फरेस्ट इन लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । आईपीओ निष्काशनको लागि कम्पनीले धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
कम्पनीले ९८ करोड रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न बोर्डमा आवेदन दिएको हो । बोर्डले अनुमति दिएमा कम्पनीले ९८ लाख कित्ता सेयर १०० रुपैयाँ अंकित दरमा बिक्री गर्नेछ । यसमा बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यापिटल लिमिटेडले गर्नेछ ।
वि.सं.२०८० कात्तिक १७ शुक्रवार १३:३० मा प्रकाशित