back
NMB ad

देवचुली पर्यटकीय क्षेत्रको पूर्वाधार विकासमा ध्यान दिनुपर्ने

Kumari bank ad

कावासोती, १७ कार्तिक । पर्यटकीय क्षेत्रको सम्भावना रहेका ठाउँहरुको पूर्वाधार विकासमा सरकारले ध्यानदिनुपर्ने युवा नेता विद्रोही गिरीले बताउनुभएको छ । देवचुली डाँडा पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना भएर पनि पूर्वाधार निर्माण नहुँदा ओझेलमा परेको भन्दै उहाँले तीन वटै तहका सरकारले पूर्वाधार विकासमा जोडदिनुपर्ने बताउनु भएको हो ।

नवलपुरको देवचुली —६ किर्तिपुरमा आयोजित देवचुली डाँडा पर्यटन सप्ताहमा पर्यटनको सम्भावना र युवा नेतृत्व बिषयमा बोल्दै उहाँले उक्त कुरा बताउनुभएको हो । देवचुली डाँडा नवलपुरको सबै भन्दा अग्लो डाँडा एक हजार नौ सय ३६ मिटर अग्लो रहेको छ । महाभारत पर्वत श्रृङ्खला अन्तरगतको यो डाँडा थारु समुदायको आस्थाको केन्द्र हो । मगर र थारु समुदायको सांस्कृतिक पक्ष संग जोडिएको देवचुली डाँडा पर्यटकीय क्षेत्रको सम्भावना रहेकाले यसको ऐतिहासिक, धार्मिक र पुरातत्वका हिसावले खोज र अनुसन्धान जरुरी छ युवा नेता गिरीले भन्नुभयो — स्थानीय स्तरबाट संरक्षण र प्रचारको थालनी भएको छ पूर्वाधार निर्माणमा सरकारले बजेटको ब्यवस्था गर्नुपर्छ’ ।

देवचुली सम्म पुग्ने सिंढी सहित पैदल मार्ग निर्माण, खानेपानीको ब्यवस्था, होडिङ्ग बोर्ड, उज्यालोको ब्यवस्था, तीन कन्या माईको मन्दिर निर्माण, गुफाको संरक्षण, लगाएतका काम तत्काल गर्नुपर्ने गिरीले बताउनुभयो । स्थानीय स्तरबाट देवचुली डाँडा संरक्षण तथा पर्यटकीय क्षेत्र निर्माण समिति बनाएर काम थालेको भएपनि पूर्वाधार विकासमा तीनै तहका सरकारले पर्याप्त बजेटको ब्यवस्थापन गर्न नसकेको गुनासो उहाँले गर्नुभयो ।

यूवाहरुलाई पर्यटनको क्षेत्रबाट रोजगारमा ल्याउन सकिने भएकाले पर्यटनको विकास र कृषि उत्पादनमा यूवाहरु जोडिनुपर्छ गिरीले भन्नुभयोर्— अघिल्लो पुस्ताका राम्रा कुराहरु अनुशरण गर्दै युवा पुस्ताले थप सृजनात्मक ढङ्गबाट समाजको नेतृत्व गर्नुपर्छ ।’ देवचुली डाँडामा अहिले ट्रेकिङ्गमा जानेको संख्या बढ्दै गएको छ ।

होमस्टे महासंघका अध्यक्ष प्रेमशंकर मर्दनीय थारुले पर्यटकीय गन्तब्यको विकासले रोजगारी सृजना गर्ने भएकाले आफ्नो ठाउँको प्रचार प्रसार र उत्पादनमा ध्यानदिनुपर्ने बताउनुभयो । नवलपुर पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना बोकेको क्षेत्र भएकाले यसको विकासमा सबै हातेमालो गरेर अगाडि बढ्नु पर्नेमा उहाँको जोड थियो ।

कार्यक्रममा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुकुन्द शर्माले देवचुलीको महत्व उजागर भएकाले यसको विकासमा लाग्नुपर्ने आबश्यकता महशुस भएको बताउनुभयो । देवचुली कै पूर्व प्रमुख प्रशासकीय अधिकृत मोहन मरासिनीले किर्तिपुर क्षेत्र देवचुलीका काख भएकाले आफू देवचुलीमा रहँदा यसको विकासमा कार्यथालनी गरेको बताउनुभयो ।

देवचुली नगरपालिकाका वडा नं. १० का अध्यक्ष रेप्तीबहादुर घर्तीले नगरपालिकाले पूर्वाधार विकासमा सक्दो काम गर्ने बताउनु भयो वर्डा नं. ६ का अध्यक्ष मीनबहादुर सोतीले देवचुली डाँडाका कारण थारु र मगरको सम्बन्ध स्थापित भएकाले यो संस्कृति बचाइ राख्नुपर्नेमा जोड दिनुभयो ।

वि.सं.२०८० कात्तिक १७ शुक्रवार १३:४४ मा प्रकाशित

You can share this post!

दश वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्दैछौँ, त्यसमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुनेछ: प्रधानमन्त्री   

दश वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्दैछौँ, त्यसमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुनेछ: प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ ४ शुक्रवार ११:४३

काठमाडौँ, ४ जेठ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षमा १०...

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ जेठ ४ शुक्रवार ११:३७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार १०:५२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनचाँदीको भाउमा गिरावट आएको...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:५६

काठमाडौँ, ३ जेठ: हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव...

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनिष...

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...