back
NMB ad

ओमान टी-२० विश्वकपमा  छनोट   

Kumari bank ad

काठमाडौँ, १७ कात्तिक: ओमान सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने आईसिसी मेन्स टी–२० विश्वकपमा छनोट भएको छ । आज र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनलमा बहराइलाई १० विकेटले पराजित गर्दै ओमान विश्वकपमा छनोट भएको हो ।

बहराइनले दिएको एक सय सात रनको लक्ष्य ओमानले १४ दशमलव एक ओभरमा पूरा ग¥यो । ओमानको जीतमा कश्यप प्रजापतिले सर्वाधिक ५७ रन बनाए । उनले ४४ बलमा दुई छक्का र छ चौका प्रहार गरे । साथै प्रतीक अथावेलले ४१ बलमा एक छक्का र चार चौकासहित ४८ रन बनाए ।
ओमानले फाइनल नेपाल र यूएईबीच अहिले भइरहेको खेलको विजेतासँग खेल्नेछ । फाइनलमा पुग्दै दुवै टोली विश्वकपमा छनोट हुनेछन् ।

यसअघि बहराइनले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय छ रन मात्रै बनाउन सक्यो । उसका लागि इमरान अलीले ३०, अहमर बिन निसारले २६ र सर्फराज अलीले २३ रन बनाए । ओमानका लागि अक्वि इलायसले चार विकेट लिए भने सकिल अहमदले दुई विकेट लिए । साथै फयाज बट र जीसान मक्सुदले एक/एक विकेट लिए ।

जारी प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल अहिले माथिल्लो मुलपानी क्रिकेट मैदानमा नेपाल र यूएईबीच जारी छ ।

वि.सं.२०८० कात्तिक १७ शुक्रवार १४:०६ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...