काठमाडौं ।ग्लोबल आइएमई बैंकले लाभांश घोषणा गरेको छ । बैंकको आज कार्तिक १९ गते आइतबार बिहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को वितरणयोग्य मुनाफाबाट लाभांश घोषणा गरेको हो ।
जस अनुसार बैंकलेले १ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश गरी जम्मा ९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
अब उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ ।
वि.सं.२०८० कात्तिक १९ आइतवार १०:१५ मा प्रकाशित