back
NMB ad

गण्डकीमा वैकल्पिक विद्युत् प्रसारण लाइन बनाउन सुरु   

Kumari bank ad

म्याग्दी, १९ कात्तिक : गण्डकी प्रदेशमा विद्युुत् आपूर्तिको गुुणस्तर सुधार गर्ने र धौलागिरि क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रणालीमा आबद्ध गराउने वैकल्पिक प्रसारण लाइन बनाउन थालिएको छ ।

नेपाल विद्युत् प्राधिकरणले निर्माण सुुरु गरेको कुुश्मा–तल्लोमोदी–नयाँमोदी १३२ केभी प्रसारण लाइन सम्पन्न भएपछि गण्डकी प्रदेशमा विद्युत् प्रसारण लाइनको चक्र बन्ने र कालीगण्डकी करिडोरको वैकल्पिक हुने जनाएको छ ।

आयोजना प्रमुख रोशन अग्रवालले म्याग्दी, बागलुुङ, पर्वत र मुुस्ताङमा निर्माण भएका तथा निर्माणका क्रममा रहेका विद्युत् आयोजनालाई केन्द्रीय प्रणालीमा आबद्ध गराउन र यस क्षेत्रमा विद्युत् आपूर्तिको गुुणस्तर सुधार गर्न प्रसारण लाइनको चक्र बनाउन लागिएको बताउनुुभयो ।

“कालीगण्डकी करिडोरअन्तर्गत दुई सय केभी क्षमताको दाना–खुुर्कोट–न्यू बुटवल जोड्ने प्रसारण लाइन हालै निर्माण सकिएको छ, यो लाइनको कनेक्टर भरतपुुर सवस्टेशनसँग हुुन्छ, हामीले खुुर्कोटदेखि नयाँ मोदी नयाँ लाइन बनायौँ भने खुुर्कोट–न्यू बुटवल–भरतपुुर–दमौली–लेखनाथ–घाचोक–नयाँमोदी विद्युत् प्रसारण लाइनको चक्र बन्छ”, उहाँले भन्नुुभयो, “कालीगण्डकी करिडोरको लाइनमा समस्या आउँदा नयाँ मोदी हुुँदै र मोदीको लाइनमा समस्या आउँदा खुुर्कोट–न्यू बुुटवलको प्रसारण लाइनबाट विद्युत् आपूर्ति गराउन सकिने विकल्प हुुन्छ ।”

प्रसारण लाइनको चक्र भएपछि विद्युत् आपूर्ति नियमित भई गुुणस्तर सुधार हुुने, आयोजना पूर्ण क्षमतामा सञ्चालन हुने र आपूर्तिका कारणले विद्युुत् खपत कम भई प्राधिकरणले क्षतिपूर्ति तिर्नुुपर्ने समस्या हट्ने आयोजना प्रमुुख अग्रवालले बताउनुुभयो । खुुर्कोट–न्यू बुुटवल लाइन निर्माण पूरा नहुुँदासम्म खुुर्कोटदेखि मोदी हुँुदै न्यू मोदी जोड्ने सिङ्गम सर्किटको प्रसारण लाइनबाट विद्युुत् आपूर्ति गराउँदा म्याग्दी र मुुस्ताङका जलविद्युुत् आयोजना पूूर्ण क्षमतामा चल्न सकेका थिएनन् ।

खुुर्कोटदेखि मोदीसम्म छ दशमलव दुई किलोमिटर दूरीको प्रसारण लाइनको ‘सिङ्गल सर्किट’लाई ‘डबल सर्किट’को बनाउने र तल्लो मोदीदेखि नयाँ मोदी नौ किलोमिटर दूरीको डबल सर्किटको नयाँ प्रसारण लाइन बनाउने आयोजना प्रमुख अग्रवालले बताउनुुभयो । तल्लो मोदीदेखि नयाँ मोदी जोड्ने प्रसारण लाइनका लागि ३७ वटा टावर रहने जग्गाको मुुआब्जा वितरणको तयारी गरिएको छ ।

कुुश्मा–तल्लोमोदी–नयाँमोदी प्रसारण लाइन निर्माणका लागि कस्मिक इलेक्ट्रिकल लिमिटेडसँग गत हप्ता रु ३५ करोडमा ठेक्का सम्झौता भएको आयोजनाका इञ्जिनियर सुुरुङ गुुरुङले बताउनुुभयो । उहाँका अनुसार ठेक्काको अवधि २१ महिनाको छ ।

वि.सं.२०८० कात्तिक १९ आइतवार १३:१५ मा प्रकाशित

You can share this post!

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...