back
NMB ad

कृषकलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ   

Kumari bank ad

दमौली, १९ कात्तिक : तनहुँको व्यास नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा उन्नत जातका आलुको बीउ वितरण गर्न सुरु गरेको छ ।

विभिन्न कृषक समूह, सहकारी, सामूहिक खेती र व्यक्तिलाई वडा कार्यालयको सिफारिसमा सम्बन्धित टोल विकास संस्थामार्फत नगरपालिकाले बीउ वितरण सुरु गरेको हो । नगरपालिकाले जनकदेव र एमएस ४२.३ उन्नत जातका करिब ४० टन आलुको बीउ वितरण सुरु गरेको छ । उन्नत जातको बीउ वितरण गर्न नगरपालिकाले २० टन एक सय ७७ केजी जनकदेव रातो र १८ टन नौ सय ५५ केजी एमएस निलो गरी कुल ३९ टन पाँच सय ७ केजी उन्नत जातका आलुको बीउ ल्याएको कृषि, पशुपंक्षी तथा सहकारी विकास शाखा प्रमुख डा मनोज विश्वकर्माले जानकारी दिनुभयो ।

नगरपालिकाका १४ वटै वडाका किसानको माग अनुरुप वडा कार्यालयबाट सिफारिस भएर आएका किसानलाई टोल विकास संस्थाबाट आलुको बीउ वितरण गरिने शाखा प्रमुख विश्वकर्माले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्रत्येक वडाबाट सिफारिस भइ आएका मागका आधारमा सम्बन्धी टोल विकास संस्थालाई बीउ उपलब्ध गराएका छौँ, टोल संस्थाबाट नै किसानलाई बीउ वितरण हुनेछ ।”

उन्नत जातको जनकदेव आलुको बीउको मूल्य प्रतिकिलो ३२ रुपैँया ५ पैसा कायम गरिएको छ भने एमएस उन्नत जातको आलुको बीउको मूल्य प्रतिकिलो २७ रुपैँया ५ पैसा कायम गरिएको छ । आजदेखि देखि १४ वटै वडाका टोल विकास संस्थालाई आलुको बीउ वितरण गर्न सुरु गरिएको छ । जस अनुसार वडा नम्बर १ मा सात सय केजी जनकदेव, वडा नम्बर ३ मा तीन सय ६५ केजी एम एस, वडा नम्बर ४ मा छ सय ९५ केजी एमएस, वडा नम्बर ५ मा तीन हजार सात सय ४० केजी एमएस र तीन हजार एक सय ४५ केजी जनकदेव आलुको बीउ वितरण गरिएको छ ।

त्यस्तै वडा नम्बर ६ मा तीन सय ७० केजी एमएस र तीन हजार आठ सय ५० केजी जनकदेव, वडा नम्बर ७ मा दुई सय ६० केजी एमएस र एक हजार एक सय १० केजी जनकदेव, वडा नम्बर ८ मा दुई हजार छ सय ३५ केजी एमएस र एक हजार नौ सय ३० केजी जनकदेव, वडा नम्बर ९ मा एक हजार पाँच सय ८० केजी एमएस र दुई हजार छ सय ५५ केजी जनकदेव, वडा नम्बर १० मा तीन हजार छ सय ८५ एमएस र दुई हजार पाँच सय ३२ जनकदेव, वडा नम्बर ११ मा चार हजार चार सय ५७ केजी एमएस र दुई हजार तीन सय ५५ जनकदेव, वडा नम्बर १२ मा तीन १२ केजी एमएस र छ सय २० जनकदेव, वडा नम्बर १३ मा पाँच सय ४५ केजी एमएस र तीन सय ४० केजी जनकदेव, वडा नम्बर १४ मा दुई सय ९० केजी एमएस र नौ सय ५० केजी जनकदेव आलुको बीउ वितरण गरिनेछ ।
नगरपालिकामा करिब छ सय रोपनी क्षेत्रफलमा आलुखेती हुने गरेको छ । आलुमा अनुदान दिन थालिएपछि यहाँका कृषक यसतर्फ आकर्षित हुँदै गइरहेका छन् ।

किसानलाई आलुको बीउ वितरण    

इलाम : इलाम नगरपालका चार वडा कार्यालयले किसानलाई आलुको बीउ वितरण गरेको छ । आइतबार एक कार्यक्रमबीच किसानलाई प्रति परिवार १० किलोका दरले आलुको बीउ बितरण गरेको हो ।

इलाम नगपालिकाका प्रमुख केदार थापाले किसानलाई आलुको बीउ वितरण गर्नुभयो । उहाँले बीउ वितरण गर्दै कृषिमा इलाम नगपालिकालाई आत्मनिर्भर बनाउन किसानलाई सहयोग गर्दै आएको बताउनुभयो । उहाँले बाहिरबाट आयातित तरकारीमा रसायनिक तथा विषादीको प्रयोगले रोगको सिकार बन्नुपर्ने भएकाले पनि स्थानीय उत्पादनमा जोड दिइएको बताउनुभयो ।

किसानको २० प्रतिशत लागत साझेदारीमा वडाले उन्नत जातको आलुको बीउ वितरण गरेको वडाध्यक्ष नुतनदेव दुलालले बताउनुभयो । उहाँले आर्थिक विकास कार्यक्रमअन्तर्गत किसानलाई जनकदेव जातको आलु वितरण गरेको बताउनुभयो ।

राम्रो उत्पादन होस् भनेर किसानलाई उन्नत जातका बीउ वितरण गरिएको छ । कृषि अनुसन्धान परिषद् जौबारीमा उत्पादन भएका जनकदेव आलुको विउ वितरण गरिएको जनाइएको छ । वडाध्यक्ष दुलालका अनुसार वडाले व्यावसायिक फर्मलाई २० किलो र व्यक्तिलाई १० किलो ग्रामका दरले बीउ वितरण गरिएको छ । कृषि अनुसन्धान परिषद् जौबारीबाट किसानलाई थोरै बीउ ल्याउन समस्या भइरहेका बेला वडा कार्यालयले नै बीउ वितरण गरेपछि स्थानीय किसान खुसी भएका छन् ।
वडा कार्यालयका अनुसार अनुसन्धान परिषद्बाट खरिद गरी वडाका साढे पाँच सय परिवार र ३० वटा फारमलाई बीउ वितरण गरिने छ । स्थानीय हावापानीमा राम्रो मानिने साथै थोरै लगानीमा धेरै प्रतिफल दिने भएकाले यो जातको आलुलाई सिफारिस गरिएको वडाध्यक्ष दुलालको भनाइ छ । आलु विशेष गरेर हिउँदे र बर्से गरेर दुई याममा उत्पादन गर्ने गरिएको छ । हिउँदे आलु फागुन चैत्र महिनामा उत्पादन हुन्छ भने बर्से आलु जेठ, असारमा उत्पादन हुन्छ । आलु रोपेको चारदेखि पाँच महिनामा उत्पादन हुने गरेको छ ।

वडाले हरेक वर्ष किसानलाई उन्नत जातको आलुको बीउ, मकै, जै घाँस, तोरीको बीउ, सागसब्जीको बीउ विजन, टनेललगायत सामग्री वितरण गर्दै आएको छ । यसअघि सो वडाले उन्नत जातका गाई, बाख्रा र सुँगुरका पाठा किसानलाई वितरण गर्दै आएको छ ।

वि.सं.२०८० कात्तिक १९ आइतवार २०:०१ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...