back
NMB ad

भिजिट भिषामा विदेश पठाई दिने भन्दै नक्कली कागजात बनाउने थप चारजना पक्राउ   

Kumari bank ad

काठमाडौँ, २० कात्तिक : भिजिट भिषामा विदेश पठाई दिने भन्दै नक्कली कागजात बनाउने कार्यमा संलग्न थप चारजनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–३१ नयाँबानेश्वर बस्ने ३७ वर्षीय अनिष अमात्य, नुवाकोट सूर्यगढी नगरपालिका–३ घर भई हाल ललितपुर इमाडोल बस्ने ४५ वर्षीय गोपाल रिजाल, धादिङ बेनिघाट रोराङ गाउँपालिका–२, घर भई हाल काठमाडौँ नयाँबजार बस्ने ३२ वर्षीय पशुपति मैनाली तथा झापा भद्रपुर नगरपालिका–१० भई काठमाडौँ बूढानीलकण्ठ बस्ने ३२ वर्षीय सागर चापागाईं रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले राससलाई जानकारी दिनुभयो ।

प्रवक्ता रेग्मीका अनुसार भिजिट भिषामा विभिन्न देशमा पठाई दिने भनी नक्कली कागजातहरु बनाउने कार्यमा संलग्न बलबहादुर रावतसमेत चारजनालाई यही कात्तिक १८ गते पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त, महाराजगञ्ज पठाइएकामा उक्त कार्यमा अन्य व्यक्तिहरुको समेत संलग्नता रहेको हुन सक्ने देखिएकाले सो सम्बन्धमा थप अनुसन्धान गर्ने क्रममा निजलाई पक्राउ गरिएको हो ।

निजहरुलाई विभिन्न व्यक्तिहरुका नामको नक्कली शैक्षिक प्रमाणपत्र, विभिन्न सरकारी कार्यालयका होलो ग्राम, ल्यापटप, प्रिन्टर र सरकारी कार्यालयको छाप थान–दुई सय ३० सहित काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरी लिखतसम्बन्धी कसुर मुद्दामा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आज प्रहरी वृत्त, महाराजगञ्ज पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो ।

आइतबार मात्रै उक्त कार्यमा संलग्न भएको अभियोगमा प्रहरीले नवलपुर मध्यविन्दु नगरपालिका–५ घर भएका ४५ वर्षीय जयराम श्रेष्ठ, गोर्खा सिरन चोक गाउँपालिका–८ घर भई हाल टोखा बस्ने ३४ वर्षीय भक्तबहादुर थापा, काठमाडौँ महानगरपालिका–१ नक्साल बस्ने ३८ वर्षीय दीपक केसी तथा सल्यान रामपुर कालीमाटी गाउँपालिका–३ घर भई हाल काठमाडौँ नागार्जुन नगरपालिका–इचङ्गुनारायण बस्ने ४२ वर्षीय बलबहादुर रावतलाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।

वि.सं.२०८० कात्तिक २० सोमवार १९:२८ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...