काठमाडौं । श्री अल्फा क्यापिटल लिमिटेडले आईपीओ निष्काशन प्रक्रिया अगाडि बढाएको छ । सोही प्रस्तावसहित कम्पनीले प्रथम वार्षिक साधारणसभा बोलाएको हो ।
सभा आगामी मंसिर १२ गते काठमाडौंको नयाँबानेश्वरस्थित द एभरेष्ट होटलमा अपरान्ह ४ बजे बोलाएको छ । सभाको विशेष प्रस्तावमा प्रिमियममा आईपीओ निष्कासन गर्ने रहेको छ । कम्पनीले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने तयारी गरेको छ ।
सभामा समान उद्देश्य भएको अन्य कम्पनीलाई गाभ्ने, कम्पनीको पूँजी बृद्धि, कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन, कम्पनीको सेयर प्रिमियम मूल्यमा बिक्री गर्ने लगायत प्रस्ताव रहेका छन् ।
वि.सं.२०८० कात्तिक २१ मंगलवार ११:४२ मा प्रकाशित