back
NMB ad

डीसेम्बर ७ देखि मुम्बईमा प्लाष्टिकजन्य वस्तुको वृहत प्रदर्शनी, नेपालको पनि सहभागिता

Kumari bank ad

भारतको मुम्बईमा प्लाष्टिक जन्य वस्तुको वृहत प्रदर्शनी हुने भएको छ । बाह्रौ संस्करणको अन्तर्राष्ट्रिय प्लाष्टिक प्रदर्शनी र सम्मेलन आउँदो डीसेम्बर ७ देखि ११ गतेसम्म मुम्बइमा हुन लागेको द अल इण्डिया प्लाष्टिक म्यानुफ्याक्चर एसोशिएसनका अध्यक्ष मनिष देढियाले बताए ।

नेपालका प्लाष्टिक उत्पादक उद्योगी तथा व्यवसायीहरुलाई प्रदर्शनी एवं सम्मेलनका विषयमा जानकारी गराउने उद्धेश्यले काठमाडौमा आयोजीत कार्यक्रममा अध्यक्ष मनिष देढियाले प्लाष्टिकको उत्पादन, त्यसको प्रयोग र प्लाष्टिक जन्य वस्तुहरुको उपभोगमा देखिएका समस्या र चुनौतीसँगै यसले अर्थतन्त्र र रोजगारीमा पुर्‍याएको योगदानका  विषयमा चर्चा गरे ।

मुम्बईमा हुने प्लाष्ट भिजन २०२३ मा ३० मुलुकका १५ सयभन्दा बढी स्टल रहने जनाइएको छ । यस्तै, २ लाख ५० हजार व्यवसायीले मेला अवलोकन गर्ने अपेक्षा लिइएको अध्यक्ष देढियाले जानकारी दिए ।

यस प्रदर्शनीले मुलुकको आन्तरीक एवं बाह्यि मुलुकहरुसँगको व्यवसायीक सम्बन्ध अझ प्रगाढ बनाउने विश्वास लिएको बताउँदै देढियाले सम्मेलनमा नेपालको तर्फबाट राम्रो सहभागीताको अपेक्षा रहेको जनाए ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले यस प्रकारका मेला तथा सम्मेलनले दुई देशीय व्यापार आदानप्रदान गर्नुका साथै व्यवसायीहरुबीच सुमधुर सम्बन्ध स्थापित गराउने बताए । उनले मुम्बईमा हुन गइरहेको प्रदर्शनीमा नेपाली उद्योगी व्यवसायीहरुको उल्लेखनीय सहभागीता रहने जनाए ।

मल्लले प्लाष्टिक आज मानव जीवनमा अपरिहार्य वस्तुको रुपमा स्थापित भइसकेकाले वेष्टेज प्लाष्टिकलाई रिसाइकल गरी मोहोरमा परिणत गर्न र वातावरणमा पनि स्वच्छता कायम राख्न आफूहरुले सदैव प्रयास गर्ने बताए । उनले प्लाष्टिकबाट उद्यमसिलता विकास गर्न नेपालका प्लाष्टिक उद्यमी र द अल इण्डिया प्लाष्टिक उत्पादक संघका पदाधिकारीलाई आग्रह गरे ।

सो अवसरमा नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष एवं प्लाष्ट नेपालका अध्यक्ष दिपक श्रेष्ठले मुम्बइमा हुन गइराखेको यस अन्तर्राष्ट्रिय मेलाका सन्दर्भमा प्लाष्ट नेपालसँग आबद्ध उद्योगी व्यवसायीलाई संयुक्त रुपमा जानकारी गराउन पाउदा आफू खुसी रहेको बताए । उनले प्लाष्टिक उत्पादनका क्षेत्रमा थुप्रै समस्या र चुनौती रहेकाले यस क्षेत्रको विकास र विस्तारमा कसरी लाग्ने भन्ने विषयनै अहिले चुनौतीपूर्ण अवस्थामा रहेको बताए ।

वि.सं.२०८० कात्तिक २१ मंगलवार १३:१९ मा प्रकाशित

You can share this post!

छुट्ला है, ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:५९

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज जेठ...

काठमाडौँ उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान   

काठमाडौँ उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान   

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:४९

काठमाडौँ, ३ जेठ : हाल देशमा पश्चिमी र स्थानीय वायुको...

दसमहिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण   

दसमहिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण   

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:४४

गण्डकी, ३ जेठ : पदयात्राका लागि प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा विगत...

क्रिकेटर लामिछाने क्यानको निलम्बनबाट फुकुवा   

क्रिकेटर लामिछाने क्यानको निलम्बनबाट फुकुवा   

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:४१

काठमाडौँ : नेपाल क्रिकेट सङ्घ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई...

जगदुल्ला जलविद्युत् आयोजनामा १६ अर्ब लगानी जुट्यो, यस्तो छ शेयर संरचना        

जगदुल्ला जलविद्युत् आयोजनामा १६ अर्ब लगानी जुट्यो, यस्तो छ शेयर संरचना        

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:३५

रमेश लम्साल, काठमाडौँ :  उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि...

आज ३ जेठ २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

आज ३ जेठ २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:२८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...