back
NMB ad

एकदिन अघिनै म्ह पूजा र भाइटीका मनाउन नगरपालिकाको निर्देशन   

Kumari bank ad

भक्तपुर, २१ कात्तिक : भक्तपुरका नेवार समुदायले यस वर्ष पञ्चाङ्ग निर्णयक समितिले निर्धारण गरेको मितिभन्दा एक दिन अगाडि म्ह पूजा र भाइटीका मनाउने भएका छन् ।

नगरपालिकाले सार्वजनिक सूचनानै जारी गरेर २७ गते म्ह पूजा र २८ गते भाइटीका मनाउन निर्देशनात्मक रुपमा आह्वान गरेको छ । यसवर्षको तिहार (स्वन्ती) मनाउने विषयमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा ज्योतिष डा वीरेन्द्रप्रसाद कायष्थ एवं ज्योतिष केदारप्रसाद दैवज्ञ, तलेजुका पुजारी प्रजेशराज राजोपाध्याय, महेश कर्माचार्य, पदमलोचन कर्माचार्यसहितको छलफलपछि यस्तो निर्णय गर्दै आफ्ना नागरिकका लागि सार्वजनिक सूचना जारी गरेको नगर प्रमुख प्रजापतिले बताउनुभयो ।

पञ्चाङ्ग निर्णयक समिति यसवर्ष कात्तिक २५ गते काग तिहार, २६ गते लक्ष्मीपूजा, २७ गते गाई तिहार, २८ गते गोबद्र्धन तथा म्ह पूजा र २९ गते भाइटीका एवं किजा पूजा गर्ने निर्णय गरेको थियो । तर भक्तपुर नगरपालिकाले भने २६ गते अपरान्ह २ बजेर १४ मिनेटपछि औंसी तिथि लाग्ने हुँदा उक्त दिन साँझ लक्ष्मीपूजा गर्ने, कात्तिक २७ गते अपरान्ह २ बजेर ४१ मिनेटपछि परेवा प्रतिपदा तिथि सुरु हुने भएकोले त्यसदिन साँझ म्हः पूजा गर्ने र कात्तिक २८ गते अपरान्ह २ बजेर ३८ मिनेटमा द्वितीया तिथि लाग्ने भएकोले सो दिन किजा पूजा अर्थात भाइटीका गरेर तिहार सम्पन्न गर्न आह्वान गरेको छ ।

वि.सं.२०८० कात्तिक २१ मंगलवार १४:०४ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...