काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा वृद्धि भएको छ । उक्त दिन बजार ११.२२ अंकले बढेर १८५८ को विन्दुमा कायम हुन पुगेको हो ।
आज नेप्सेमा कारोबार भएको २८५ कम्पनीको ४३ लाख ३१ हजार २२९ कित्ता सेयर किनबेच हुँदा ९९ करोड ६५ लाख ८६ हजारको कारोबार भएको छ । बजारमा सुधार आएसँगै १२ वटा उपसूचकमा हरियाली छाएको छ ।
सेयर बजारमा सुधार आउँदा स्वाभिमान लघुवित्तको सेयर मूल्य सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य ८.२६ प्रतिशतले घटेको छ । त्यसैगरी, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ५.९९ प्रतिशत, बाराही हाइड्रोपावर पब्लिकको ३.१९ प्रतिशत, बलेफी हाइड्रोपावरको ३.०५ प्रतिशत र मेन्छियाम हाइड्रोपावरको २.५० प्रतिशतले सेयर मूल्य घटेको छ ।
वि.सं.२०८० कात्तिक २१ मंगलवार १५:१९ मा प्रकाशित