back
NMB ad

स्वर्ण पदक विजेता खेलाडी स्वदेश फिर्ता   

Kumari bank ad

काठमाडौँ, २१ कात्तिक : दोस्रो दक्षिण एसियाली साम्बो च्याम्पियनसिपमा पदक जित्ने नेपाली टोली आज स्वदेश फर्किएका छन् ।

बङ्गलादेशको राजधानी ढाकामा यही कात्तिक १३ देखि १९ गतेसम्म भएको उक्त प्रतियोगितामा रबिन्स तामाङले नेपाललाई दुई स्वर्ण पदक दिलाएका थिए । उक्त च्याम्पियनसिपको सिनियर ५८ केजी तौल समूहमा कम्ब्याट साम्बो र स्पोर्ट्स साम्बोमा रविन्सले नेपाललाई दुई स्वर्ण पदक दिलाएका हुन ।

त्यस्तै पुरुष ८८ केजीभन्दा माथिको तौल समूहमा सिजेश श्रेष्ठले नेपाललाई दुई काँस्य पदक दिलाएका थिए । उक्त च्याम्पियनसिपमा नेपालका दुई खेलाडीले मात्र सहभागिता जनाएका थिए ।

पदक विजेता टोलीलाई साम्बो फेडेरेसनका कार्यबाहक अध्यक्ष पुरुषोत्तम सिम्खडा, उपाध्यक्ष बाबुराजा महर्जन, महासचिव उत्तम श्रेष्ठ, उपमहासचिव कृष्णबहादुर राउतलगायतले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो ।

वि.सं.२०८० कात्तिक २१ मंगलवार २१:०० मा प्रकाशित

You can share this post!

हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति रायसीसहित नौ जनाको मृत्यु भएको पुष्टि   

हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति रायसीसहित नौ जनाको मृत्यु भएको पुष्टि   

वि.सं.२०८१ जेठ ७ सोमवार १३:३४

तेहरान, इरान, ७ जेठ : इरानको उत्तरपश्चिमी क्षेत्रमा आइतबार दुर्घटना...

नाराबाजीबीच प्रधानमन्त्री दाहाललाई चौथो पटक विस्वासको मत प्राप्त

नाराबाजीबीच प्रधानमन्त्री दाहाललाई चौथो पटक विस्वासको मत प्राप्त

वि.सं.२०८१ जेठ ७ सोमवार १३:१४

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत...

कुमारी बैंकले ल्यायो क्यूआर मर्चेन्टस्हरुलाई कुमारी फोनलोन सुबिधा

कुमारी बैंकले ल्यायो क्यूआर मर्चेन्टस्हरुलाई कुमारी फोनलोन सुबिधा

वि.सं.२०८१ जेठ ७ सोमवार १३:०६

काठमाडौं । कुमारी बैंक लिमिटेडले क्यूआर कोडबाट कारोबार गर्ने आफ्ना...

कांग्रेसको अवरोध असंसदीय : प्रधानमन्त्री दाहाल   

कांग्रेसको अवरोध असंसदीय : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ जेठ ७ सोमवार १२:५६

काठमाडौँ, ७ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानअनुसार प्रधानमन्त्रीले...

युरोप भ्रमणमा रहेकी चित्रकार यादवको फिनल्याण्डमा पनि मिथिला कला प्रदर्शनी

युरोप भ्रमणमा रहेकी चित्रकार यादवको फिनल्याण्डमा पनि मिथिला कला प्रदर्शनी

वि.सं.२०८१ जेठ ७ सोमवार १२:४५

काठमाडौँ । युरोप भ्रमणमा रहनुभएकी मिथिला चित्रकार रन्जु यादवको अर्को...

कांग्रेसको विरोधका बीच प्रधानमन्त्री दाहालद्वारा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस   

कांग्रेसको विरोधका बीच प्रधानमन्त्री दाहालद्वारा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस   

वि.सं.२०८१ जेठ ७ सोमवार १२:३८

काठमाडौँ, ७ जेठ : प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल...