
काठमाडौं । आज कार्तिक २३ गते बिहीबार सुनको भाउमा गिरावट आएको छ । उक्त दिन सुन प्रतितोला १००० रुपैंयाले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १३ हजार ७०० रुपैयाँमा कारोबार भएको छ भने तेजावी सुन प्रतितोला १ लाख १३ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन बुधबार छापावाल सुन प्रतितोला १ लाख १४ हजार ७०० रुपैंया र तेजावी सुन प्रतितोला १ लाख १४ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको भाउ ५ रुपैंयाले घटेर तोलाको १ हजार ३८० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३८५ रुपैयाँमा कारोबार भएको थियो ।
वि.सं.२०८० कात्तिक २३ बिहीवार १०:४५ मा प्रकाशित