back
NMB ad

१७.८९ प्रतिशतले बढ्यो हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाफा, यस्तो छ समग्र वित्तीय अवस्था

Kumari bank ad

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवराण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार पहिलो त्रैमासमा कम्पनीले ५ करोड ३४ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको यसै अवधिमा भन्दा १७.८९ प्रतिशतले बढी हो ।

समिक्षा अवधिमा कम्पनीको खुद बिमा शुल्क आम्दानी १३.४७ प्रतिशतले घटेर १९ करोड २५ लाख रुपैयाँमा आएको छ । कम्पनीको कमिसन आम्दानी १७.१८ प्रतिशत र लगानी तथा कर्जाबाट आम्दानी १५.४८ प्रतिशतले बढेपछि खुद नाफामा सुधार भएको देखिन्छ ।

समिक्षा अवधिमा इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ३० करोड १५ लाख ३५ हजार रुपैयाँ रहेको छ । बिमा कोषको आकार ४ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । रिटेन्ड अर्निङ शीर्षकमा १ अर्ब ६२ अर्ब २० करोड रुपैयाँ रहेको छ भने अन्य इक्विटी ३२ करोड ९१ लाख रुपैयाँ रहेको छ ।

असोज मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी ९.३० रुपैयाँ (वार्षिक) र प्रतिसेयर नेटवर्थ १८७.२५ रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी गत वर्षको भन्दा १.४१ रुपैयाँ धेरै हो ।

वि.सं.२०८० कात्तिक २४ शुक्रवार १२:२६ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...