back
NMB ad

हजका लागि आवेदन दिने म्याद मङ्सिर १० सम्म   

Kumari bank ad

काठमाडौँ, २५ कात्तिक : नेपाल हज समितिको सचिवालयले यसपालि सन् २०२४ (हज १४४५)को हजयात्राका लागि आवेदन दिने म्याद थप गरिएको छ ।

हजयात्रामा जानका लागि इच्छुक नेपाली इस्लाम धर्मावलम्बीलाई आवेदन दिनका लागि यही कात्तिक २२ गतेसम्मको म्याद रहेकामा त्यसलाई थप गरेर मङ्सिर १० सम्म पु¥याइएको नेपाल हज समितिका कार्यवाहक अध्यक्ष मकबुल मियाँले जानकारी दिनुभयो ।

अध्यक्ष मियाँले आवेदन दिन छुट भएका नेपाली मुस्लिम समुदायबाट यस वर्ष विगतका वर्षभन्दा छिटो हजको आवेदन खुलेकाले आवेदनको समय थप गर्न माग भएको हुँदा नेपाल हज समितिको निर्णयानुसार आवेदन दिने अवधि थप गरेर मङ्सिर १० सम्म तोकिएको उहाँले जानकारी दिनुभयो ।

इच्छुक आवेदकले आवेदन फाराम नेपाल हज समितिको सचिवालयको वेबसाइटबाट पनि लिन सकिने र थप जानकारी चाहिएमा सिंहदरबारस्थित सचिवालयमा सम्पर्क गर्न सकिने छ ।

यसपालि एक हजार दुई सय इस्लाम धर्मावलम्बीले हज गर्न सक्ने गरी साउदी अरब सरकारले नेपालीका लागि कोटा निर्धारण गरेको छ । हजका लागि गत साउनदेखि नै प्रक्रिया सुरु भएको थियो ।

वि.सं.२०८० कात्तिक २५ शनिवार २०:२३ मा प्रकाशित

You can share this post!

सामुदायिक विद्यालयलाई सूचना अधिकारी तोक्न महानगरको निर्देशन   

सामुदायिक विद्यालयलाई सूचना अधिकारी तोक्न महानगरको निर्देशन   

वि.सं.२०८१ जेठ १३ आइतवार ०६:२७

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले यही जेठ १४ गतेभित्र काठमाडौँ उपत्यकामा...

मुलुकको सार्वजनिक ऋण २४ खर्ब, १० महिनामा थपियो ९८ अर्ब

मुलुकको सार्वजनिक ऋण २४ खर्ब, १० महिनामा थपियो ९८ अर्ब

वि.सं.२०८१ जेठ १३ आइतवार ०६:२२

काठमाडौँ: मुलुकले भुक्तान गर्न बाँकी सार्वजनिक ऋण करिब रु २४...

ढल्केबर–इनरुवा प्रसारण लाइन अन्तिम चरणमा   

ढल्केबर–इनरुवा प्रसारण लाइन अन्तिम चरणमा   

वि.सं.२०८१ जेठ १३ आइतवार ०६:१३

काठमाडौँ : ढल्केबर–इनरुवा चार सय किलोभोल्ट प्रसारण लाइन निर्माण अन्तिम...

आज १३ जेठ २०८१ आइतवार, यस्तो छ आजको राशिफल

आज १३ जेठ २०८१ आइतवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ जेठ १३ आइतवार ०६:०७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

वि.सं.२०८१ जेठ १२ शनिवार ०७:१०

काठमाडौँ : रौतहटको श्रीराम सुगर मिल्स लिमिटेड सञ्चालन गर्न सहमति...

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:५२

मध्यविन्दु (नवलपरासी) : नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–३ मा...