back
NMB ad

नेपाल इन्स्योरेन्सको नाफामा उछाल, कुन सूचक कस्ता ?

Kumari bank ad

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरण अनुसार यसअवधिमा खुद नाफा १३५.६२ प्रतिशतले बढेर १४ करोड ६१ लाख ७६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ६ करोड २० लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिमा लगानी तथा कर्जाबाट उल्लेख्य मात्रामा आम्दानी भएकाले खुद नाफा बढेको हो ।कर्जा तथा लगानीबाट १९ करोड ७१ लाख ६५ हजार रुपैयाँ आम्दानी भएको छ ।

अघिल्लो वर्षको यसैअवधिमा कर्जा तथा लगानीबाट यस कम्पनीले ७ करोड ७३ लाख ५२ हजार रुपैयाँ कमाएको छ । खुद बिमा शुल्क आर्जन पनि १५.८७ प्रतिशतले बढेर १३ करोड ६७ लाख ८८ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब ४९ करोड ४७ लाख ६५ हजार रुपैयाँ रहेको छ । इन्स्योरेन्सको प्रतिसेयर आम्दानी २१ रुपैयाँ १२ पैसाले बढेर ३९ रुपैयाँ १२ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ २०२ रुपैयाँ ६१ पैसा छ ।

वि.सं.२०८० कात्तिक २६ आइतवार ०६:५९ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलनमा दुई वटा सम्झौता   

लगानी सम्मेलनमा दुई वटा सम्झौता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:२६

काठमाडौँ, १६ वैशाखः तेस्रो लगानी सम्मेलनका क्रममा निजी क्षेत्रबीच आज...

अशक्त र गरिबले काठमाडौँ महानगरपालिकाभित्र निःशुल्क उपचार पाउने   

अशक्त र गरिबले काठमाडौँ महानगरपालिकाभित्र निःशुल्क उपचार पाउने   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:२१

काठमाडौँ, १६ वैशाख: काठमाडौँ महानगरपालिका (कामपा)ले लक्षित वर्गका लागि निःशुल्क...

विदेशी लगानीका लागि नेपालका सबै क्षेत्र खुला छन्: सभापति देउवा   

विदेशी लगानीका लागि नेपालका सबै क्षेत्र खुला छन्: सभापति देउवा   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:१३

काठमाडौँ, १६ वैशाखः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले...

नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस्: प्रधानमन्त्री   

नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस्: प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:०९

काठमाडौँ, १६ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका लागि...

लगानीकर्ताका लागि अनुकूल वातावरण बनाउन नेपाल तयार छ: परिसङ्घ अध्यक्ष अग्रवाल   

लगानीकर्ताका लागि अनुकूल वातावरण बनाउन नेपाल तयार छ: परिसङ्घ अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:०३

काठमाडौँ, १६ वैशाखः नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालमा...

वेस्ट इन्डिज ‘ए’ले टस जित्यो, नेपाललाई बलिङको निम्तो   

वेस्ट इन्डिज ‘ए’ले टस जित्यो, नेपाललाई बलिङको निम्तो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १२:१८

काठमाडौँ, १६ वैशाखः नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’को टस...