back
NMB ad

मध्यपहाडी राजमार्गका समस्या समाधान गर्न उच्चस्तरीय समिति   

Kumari bank ad

कास्की, २६ कात्तिक : राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको निर्माणाधीन मध्य पहाडी राजमार्गको कास्की खण्डको पोखरा महानगरपालिकाभित्र उत्पन्ने समस्या समाधानका लागि उच्चस्तरीय समिति गठन गरिएको छ ।

उक्त राजमार्गको पोखरा खण्डमा रेखाङ्कन विवाद उत्पन्न भएपछि समस्या समाधानका लागि प्रतिवेदन पेस गर्न गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको हो ।

मध्यपहाडी राजमार्गको पोखरा खण्डमा रेखाङ्कन विवादका कारण लामो समयदेखि काम सुरु हुन सकेको छैन । पछिल्लो समय पोखराको बाटुलेचौर, अर्मला मौजा हुँदै मादी गाउँपालिका जोड्ने गरी भएको रेखाङ्कनपछि निर्माणको बोलपत्र आह्वान भएको थियो । लामाचौर र बाटुलेचौरका स्थानीयको आन्दोलनका कारण त्यसयता काम अघि बढ्न सकेको छैन ।

विवादित क्षेत्रका स्थानीयले शैक्षिक, धार्मिक, सामाजिक तथा पर्यटकीय महत्वका स्थानको अस्तित्व मेटिने गरी लोकमार्ग बन्न लागेकामा विरोध गर्दै आन्दोलन गरिरहेका छन् । लोकमार्गको पछिल्लो रेखाङ्कन वातावरणीय प्रभाव मूल्याङ्कनका हिसाबले उपयुक्त नभएको स्थानीयको दाबी छ ।

समस्या समाधान गर्न गठित समितिको सल्लाहकारमा प्रतिनिधिसभा सदस्य विद्या भट्टराई रहनुभएको छभने समितिका अन्य सदस्यमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ, पोखरा महानगरपालिका–१६ र १९ का अध्यक्ष अमृत शर्मा तिमिल्सिना र पुष्पेन्द्र पाण्डे, पूर्वअध्यक्ष जीवनप्रसाद आचार्य र शोभामोहन पौडेल, सङ्घर्ष समितिका तर्फबाट गोविन्द बस्नेत, सन्दीप थापा र खेमलाल अधिकारी छन् ।

वि.सं.२०८० कात्तिक २७ सोमवार ०६:५७ मा प्रकाशित

You can share this post!

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै   

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै   

वि.सं.२०८१ जेठ ६ आइतवार ११:५९

वागमती, ६ जेठः बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन...

बीवाईडी गाडी किन्दा ग्लोबल आइएमई बैंकबाट सहजरुपमा कर्जा पाइने

बीवाईडी गाडी किन्दा ग्लोबल आइएमई बैंकबाट सहजरुपमा कर्जा पाइने

वि.सं.२०८१ जेठ ६ आइतवार ११:५२

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र सिमेक्स इंक प्रा.लि....

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला कति पुग्यो ?

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला कति पुग्यो ?

वि.सं.२०८१ जेठ ६ आइतवार ११:४३

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनचाँदीको भाउमा नयाँ रेकर्ड...

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...