back
NMB ad

लक्ष्मीमाताका रुपमा गरियो गाई पूजा   

Kumari bank ad

काठमाडौँ, २७ कात्तिक : तिहार अर्थात् यमपञ्चकको तेस्रो दिन आज गाईको विधिपूर्वक पूजा आराधना गरी मीठामीठा खानेकुरा दिइएको छ ।

गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । हाम्रो समाजमा गाई माताका रुपमा पूजिन्छ । गाईलाई लक्ष्मीमाताका रुपमा पनि सम्बोधन गरिन्छ । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ ।

स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । यसैले गाईलाई राष्ट्रिय जनावरका रुपमा पनि संविधानमै उल्लेख गरिएको छ । यसैले गाईलाई सम्मान गर्ने प्राचीनकालदेखिको परम्परा छ ।
गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिन अर्थात् लक्ष्मीपूजाका दिनमा गाई पूजा गर्ने परम्परा रहेपनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । यही मान्यताका आधारमा आज गाई पूजा गरिएको हो ।
आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन (डोरो) गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास छ । यसै विश्वासका आधारमा आज गाईको पुच्छरमा डोरो बाँधियो ।
असहाय गाई बाच्छा संरक्षणस्थलमा सामूहिक गौ पूजा

कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ गोठाटारस्थित असहाय गाई बाच्छा संरक्षणस्थलमा गाई तिहारका अवसरमा सामूहिक गौ पूजा गरिएको छ । संरक्षणस्थलमा करिब दुई सय छाडा छोडिएका गाई बाच्छा संरक्षण गरिएको हो ।

संरक्षणस्थलमा आज आयोजित कार्यक्रममा गाई पूजासहित देउसी भैलो पनि गरिएको अभियानकर्मी उत्तम पुडासैनीले जानकारी दिनुभयो । कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख दीपककुमार रिसाल, बागमती प्रदेशका पूर्व मन्त्री रामेश्वर फुयाँललगायतको सहभागिता रहेको थियो ।

पशुपति क्षेत्र विकास कोषले उपलब्ध गराएको करिब एक सय रोपनी जग्गामा अभियानकर्मी पुडासैनीको नेतृत्वमा असहाय गाई बाच्छाको संरक्षण भइरहेको छ । गाईलाई दुध दिउञ्जेल घरमा राख्ने र दुध दिन छोडेपछि मन्दिर परिसर, नदी किनार, सार्वजनिकस्थल एवम् सडकमा छोड्ने क्रम बढ्न थालेपछि अभियानकर्मी छाडा गाई बाच्छाको संरक्षणमा जुटेका हुन् । बाच्छीलाई घरमै राख्ने र बाच्छालाई सानैमा छाडा छोड्ने गरिएको छ । यस्तो प्रवृत्तिका विरुद्ध अभियानकर्मीले चेतना पनि जगाउँदै आएका छन् ।

वि.सं.२०८० कात्तिक २७ सोमवार १८:२७ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...