back

भिजन लुम्बिनीको आइपीओ बाँडफाँडको मिति तय, सेयर हात पार्ने कति जना ?

Kumari bank ad

काठमाडौँ । भिजन लुम्बिनी उर्जा कम्पनीको आइपीओ बाँडफाँडको मिति तय भएको छ । बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडका अनुसार उक्त आइपीओ मंसिर ५ गते मंगलबार बाँडफाँड हुने भएको हो ।

कम्पनीको आईपीओमा ११ लाख ९४ हजार ८२० जना आवेदकहरुले १ करोड ३५ लाख ७६ हजार १६० कित्ताका लागि आवेदन दिएका हन् । यो मागभन्दा ६.५४ गुणा बढी आवेदन हो ।

माग भन्दा बढी आवेदन परेको हुँदा आइपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ । जसअनुसार २ लाख ७ हजार ५२८ जनाले १०/१० कित्ता दरले सेयर हात पार्नेछन् । सोहि मध्येका पाँच जनाले भने थप १/१ कित्ता गरी ११ कित्ता सेयर पाउनेछन् ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु, सामूहिक लगानी कोष र कम्पनीका कर्मचारीहरुलाई बाँडफाँड गरी बाँकी रहेको ४ लाख ८७ हजार ९१० कित्ता शेयर सहित गरी कुल २० लाख ७५ हजार २८५ कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

वि.सं.२०८० मंसिर १ शुक्रवार १७:५४ मा प्रकाशित

You can share this post!

एनसेलको शेयर खरिद–बिक्री शङ्काको घेरामा   

एनसेलको शेयर खरिद–बिक्री शङ्काको घेरामा   

वि.सं.२०८० मंसिर १८ सोमवार १८:०१

काठमाडौँ, १८ मङ्सिर : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा...

हिमालयन रि इन्स्योरेन्सको आइपीओ : अन्तिम दिनसम्म कति पर्यो आवेदन ?

हिमालयन रि इन्स्योरेन्सको आइपीओ : अन्तिम दिनसम्म कति पर्यो आवेदन ?

वि.सं.२०८० मंसिर १८ सोमवार १७:४३

काठमाडौँ । बैंदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि हिमालयन रि...

मनाङमा पुगे २० हजारभन्दा बढी पर्यटक   

मनाङमा पुगे २० हजारभन्दा बढी पर्यटक   

वि.सं.२०८० मंसिर १८ सोमवार १७:३९

मनाङ, १८ मङ्सिर : कोभिड महामारीपछि हिमाली जिल्ला मनाङमा सबैभन्दा...

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध   

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध   

वि.सं.२०८० मंसिर १८ सोमवार १७:३२

ढोरपाटन (बागलुङ), १८ मङ्सिर : आज बिहानदेखि परेको हिमपातका कारण...

विप्लव र प्रकाण्डविरुद्ध पक्राउ पुर्जी जारी

विप्लव र प्रकाण्डविरुद्ध पक्राउ पुर्जी जारी

वि.सं.२०८० मंसिर १८ सोमवार १७:२१

काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम...

मौद्रिक नीतिको त्रैमासिक समीक्षाका विषयमा सिबिफिनले दियो राष्ट्र बैंकलाई यस्ता सुझाव 

मौद्रिक नीतिको त्रैमासिक समीक्षाका विषयमा सिबिफिनले दियो राष्ट्र बैंकलाई यस्ता सुझाव 

वि.सं.२०८० मंसिर १८ सोमवार १७:०६

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले...