काठमाडौं । कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृतमा रामचन्द्र खनाल नियुक्त भएका छन् । शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले खनाललाई आगामी चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले दिएको राजिनामा स्वीकृत गर्दै सञ्चालक समितिले खनाललाई नियुक्त गरेको हो । कुमारी र एनसीसी बैंक मर्ज हुनु अधि कुमारी बैंकमा कामु सिइओको जिम्मेवारीमा रहेर काम गरिसकेका खनाल मर्जर पछि बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत थिए । खनाल चार्टड एकाउन्टेन हुन् ।
वि.सं.२०८० मंसिर १ शुक्रवार १९:४१ मा प्रकाशित