back

आजदेखि रास्वपाको घरदैलो अभियान

Kumari bank ad

काठमाडौँ, २ मङ्सिर : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि घरदैलो अभियान थालेको छ ।

रास्वपाका महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकालका अनुसार निर्वाचन भएको एक वर्ष पूरा हुँदै गर्दा मतदातालाई धन्यवाद दिँदै सुझाव सङ्कलनका लागि तीनदिने घरदैलो अभियान सञ्चालन गरिएको हो ।

‘जनकेन्द्रित राजनीतिको आधार, घरदैलोमा जनतालाई आभार’, नारासहित रास्वपाले घरदैलो अभियान सुरु गरेको हो । रास्वपाका सांसदले एक वर्षको ‘रिपोर्ट कार्ड’ सहित मतदातासँग साक्षात्कार गर्ने उहाँले जानकारी दिनुभयो । अभियानका क्रममा घरदैलो सुझाव फारममार्फत जनताको सुझाव सङ्कलन गर्ने प्रवक्ता ढकालको भनाइ छ ।

“चुनावअघि मात्र हैन चुनावपछि पनि घरदैलो कार्यक्रम गर्नपर्छ भन्ने मान्यताअनुरुप हामी घरदैलो कार्यक्रम गर्दै छौँ”, उहाँले भन्नुभयो । यही मङ्सिर ४ गते निर्वाचन भएको एक वर्ष पूरा हुँदैछ ।

पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार सबै सांसद, उम्मेदवार र केन्द्रीय सदस्यलगायत अभियानमा सहभागी हुनुहुनेछ । उहाँले भन्नुभयो, “एक सय ३१ निर्वाचन क्षेत्र र त्यसबाहेक थप १० निर्वाचन क्षेत्रमा नेता तथा कार्यकर्ता परिचालन हुनेछन् ।”

वि.सं.२०८० मंसिर २ शनिवार १३:५५ मा प्रकाशित

You can share this post!

एनसेलको शेयर खरिद–बिक्री शङ्काको घेरामा   

एनसेलको शेयर खरिद–बिक्री शङ्काको घेरामा   

वि.सं.२०८० मंसिर १८ सोमवार १८:०१

काठमाडौँ, १८ मङ्सिर : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा...

हिमालयन रि इन्स्योरेन्सको आइपीओ : अन्तिम दिनसम्म कति पर्यो आवेदन ?

हिमालयन रि इन्स्योरेन्सको आइपीओ : अन्तिम दिनसम्म कति पर्यो आवेदन ?

वि.सं.२०८० मंसिर १८ सोमवार १७:४३

काठमाडौँ । बैंदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि हिमालयन रि...

मनाङमा पुगे २० हजारभन्दा बढी पर्यटक   

मनाङमा पुगे २० हजारभन्दा बढी पर्यटक   

वि.सं.२०८० मंसिर १८ सोमवार १७:३९

मनाङ, १८ मङ्सिर : कोभिड महामारीपछि हिमाली जिल्ला मनाङमा सबैभन्दा...

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध   

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध   

वि.सं.२०८० मंसिर १८ सोमवार १७:३२

ढोरपाटन (बागलुङ), १८ मङ्सिर : आज बिहानदेखि परेको हिमपातका कारण...

विप्लव र प्रकाण्डविरुद्ध पक्राउ पुर्जी जारी

विप्लव र प्रकाण्डविरुद्ध पक्राउ पुर्जी जारी

वि.सं.२०८० मंसिर १८ सोमवार १७:२१

काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम...

मौद्रिक नीतिको त्रैमासिक समीक्षाका विषयमा सिबिफिनले दियो राष्ट्र बैंकलाई यस्ता सुझाव 

मौद्रिक नीतिको त्रैमासिक समीक्षाका विषयमा सिबिफिनले दियो राष्ट्र बैंकलाई यस्ता सुझाव 

वि.सं.२०८० मंसिर १८ सोमवार १७:०६

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले...