
काठमाडौं ।नेपाल एसबिआई बैंकले लाभांश घोषणा गरेको छ।
बैंकको मंसिर १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट ३.७५ प्रतिशत बोनस सेयर र करप्रयोजनसहित ६.८० प्रतिशत नगद लाभांश गरी जम्मा १०.५५ प्रतिशत लाभांश घोषण गरेको हो ।
प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीले पाउने छन् ।
वि.सं.२०८० मंसिर ४ सोमवार १०:१३ मा प्रकाशित