काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउ बढेको छ । नेपाली बजारमा आज सुन प्रतितोला २०० रुपैंयाले बढेको हो ।
नेपाल सुन चाँदी ब्यावसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १५ हजार ७०० रुपैयाँमा कारोबार भएको छ भने तेजावी सुन प्रतितोला १ लाख १५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन आइतबार पनि छापावाल सुन प्रतितोला १ लाख १५ हजार ५०० रुपैयाँमा र तेजावी सुन प्रतितोला १ लाख १४ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदी भाउ पनि स्थिर रहँदै तोलाको १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि चाँदी १ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।
वि.सं.२०८० मंसिर ४ सोमवार १०:४१ मा प्रकाशित