back
Ncell Banner Ad

इनड्राइभले सुरु गर्यो एन्ड्रिज स्मिथकको नेतृत्वमा भेन्चर तथा एम.एण्ड ए.आर्म

काठमाडौं । ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इन्ड्राइभले आशाजनक स्टार्टअपहरूमा १०० मिलियन डलरसम्म लगानी गर्ने लक्ष्य राख्दै नयाँ उद्यम तथा एम एण्ड ए आर्मको सुरुवात गर्ने घोषणा गरेको छ । न्यू भेन्चर्सको भाईस प्रेजिडेन्टको रूपमा इनड्राइभमा सामेल भएका अनुभवी उद्यमी र लगानी व्यवसायी एन्ड्रिज स्मिथको नेतृत्वमा यो लगानी हुने भएको हो ।

न्यू भेन्चर्सको लगानी तिव्र वृद्धि र सकरात्मक सामुदायिक प्रभावमा केन्द्रित रहनेछ जसको निम्न लगानी मापदण्डहरू रहेका छन् :

● त्यस्तो मिशन जसले अन्यायलाई चुनौती दिन्छ र व्यक्ति एवम् समुदायको जीवनमा सुधार गर्दछ
● विश्वव्यापी विस्तारको सम्भावना भएका स्थानीय स्टार्टअपहरू
● पोस्ट–सीड/प्रि–सिरिजए कम्पनीहरू– प्रमाणित उत्पादन बजार फिट भएका
● द्रुत अर्गानिक वृद्धि
● हेल्दी इकोनोमिक्स एन्ड क्यास फ्लो
इनड्राइभको न्यू भेन्चर्स भाईस प्रेजिडेन्ट एन्ड्रिज स्मिथले भन्नुभयोः “कुनै समयको अन्डरडग र अहिलेको विश्वव्यापी कम्पनी—इनड्राइभ पक्कै पनि उदीयमान लगानीकर्ता हो जसले अन्यायलाई चुनौती दिने आफ्नो मिशनमा प्रतिबद्ध रहँदै द्रुत रुपमा विश्वव्यापी वृद्धि हासिल गरिरहेको छ । मानिसहरूको जीवनमा सुधार गर्ने किसिमका आविष्कारहरु गर्ने उदीयमान कम्पनीहरूमा लगानी गर्दै इनड्राइभले सफल तर बेवास्ता गरिएका स्टार्टअपहरूलाई मद्दत गरेर अन्यायलाई चुनौती दिने आफ्नो प्रतिबद्धतालाई अझ बलियो बनाउने लक्ष्य लिएको छ । उदीयमान बजारहरूमा आफ्नो उपस्थिति र द्रुत बृद्धिको फाइदा उठाउँदै इनड्राइभले विकसित देशहरूको तुलनामा पूँजी बजारमा न्यून पहुँच भएका यस्ता कम्पनीहरुमा लगानी गर्न खोजेको हो ।

उज्ज्वल भविष्यको लागि योगदान दिँदै आफ्नो व्यवसायलाई वृद्धि गराउन चाहने अन्य नयाँ स्टार्टअपहरुलाई सक्षम बनाउने इन्ड्राइभको लक्ष्य हासिल गर्नको लागि मेरो आफ्नै उद्यम निर्माण र लगानी अनुभवलाई प्रयोग गर्न पाउँदा म उत्साहित छु ।”

इनड्राइभको यो न्यू भेन्चर्स युनिट आफ्नो लगानी रहेको या आफुले अक्वाएर गरेको कम्पनीहरुलाई इनड्राइभको प्लेटफर्म मार्फत तिब्रगतिमा बढाउन केन्द्रित छ । यी कम्पनीहरूले ४५ भन्दा धेरै बजारहरूमा विश्वव्यापी मल्टि–मिलियन कस्ट्युमर बेस, कम्पनीको गो–टू–मार्केट जानकारी र प्रविधिको उपयोग गरेर बजारमा आफ्नो बलियो उपस्थिती बनाउन यी कम्पनीहरु सक्षम हुनेछन् ।

एन्ड्रिजले स्टार्टअप र कर्पोरेट संगठनहरूमा मुख्य रणनीतिक भूमिका निभाएका छन् । जसमा मोर्गन स्टेनली र एभिभा लगायत प्रमुख कर्पोरेटहरूमा व्यावसायिक रूपान्तरण, एक्विजिसन र एकीकरण गरेको अनुभव रहेको छ । उनले युरोप, मध्य पूर्व र एशिया–प्रशान्तको मुख्य रणनीतिक विकास साझेदार र स्वतन्त्र कर्पोरेट उद्यम निर्माणकर्ता स्ट्राइबरको साझेदारको रूपमा सफल उद्यमहरू पनि निर्माण गरेका छन् ।

इनड्राइभका प्रेजिडेन्ट मार्क लक्रिनले भन्नुभयो :“न्यू भेन्चर्सको मुख्य मिसन भनेको परम्परागत इनोभेसन हबहरूभन्दा बाहिरका र बेवास्ता गरिएका तर उच्च वृद्धिको सम्भावना भएका स्टार्टअपहरू पहिचान गर्नु र तिनीहरूको सकारात्मक प्रभाव बढाउनको लागि तिनीहरूको विस्तारमा सहयोग गर्नु हो । एन्ड्रिजसँग कर्पोरेट र उद्यम निर्माण अनुभवको एक अद्वितीय मिश्रण छ जसले गर्दा उनी न्यू भेन्चर्सको नेतृत्व गर्न योग्य र सक्षम छन् । उनको ऊर्जा र अनुभवले हामीलाई हाम्रो लगानी लक्ष्यहरू हासिल गर्न मद्दत गर्नेछ भन्ने कुरामा हामी विश्वस्त छौँ ।”

वि.सं.२०८० मंसिर ४ सोमवार १८:११ मा प्रकाशित

You can share this post!

सानिमा बैंकका ग्राहकहरुलाई श्री एयरलाइन्समा विशेष छुट

सानिमा बैंकका ग्राहकहरुलाई श्री एयरलाइन्समा विशेष छुट

वि.सं.२०८१ भदौ २३ आइतवार २१:०७

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

दराज नेपालद्वारा ९.९ वार्षिक उत्सव अभियानको घोषणा, उपभोक्तालाई अत्यधिक बचत गर्ने अवसर

दराज नेपालद्वारा ९.९ वार्षिक उत्सव अभियानको घोषणा, उपभोक्तालाई अत्यधिक बचत गर्ने अवसर

वि.सं.२०८१ भदौ २३ आइतवार २०:५३

काठमाडौं । देशकै अग्रणी अनलाइन शपिङ प्ल्याटफर्म दराज नेपालले स–गौरव...

चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा   

चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा   

वि.सं.२०८१ भदौ २३ आइतवार २०:३५

काठमाडौँ, २३ भदौः त्रिशूली नदी करिडोर र त्यसका सहायक खोलामा...

१६ लाख पर्यटक ल्याउने सरकारको लक्ष्यअनुसार काम गर्छुः सीइओ जोशी   

१६ लाख पर्यटक ल्याउने सरकारको लक्ष्यअनुसार काम गर्छुः सीइओ जोशी   

वि.सं.२०८१ भदौ २३ आइतवार २०:२६

सिबी अधिकारी काठमाडौँ २३ भदौः सन् २०१९ मा करिब १२...

चेक अनादर मुद्दामा तीन महिनादेखि दुई वर्षसम्मको कैद सजाय   

चेक अनादर मुद्दामा तीन महिनादेखि दुई वर्षसम्मको कैद सजाय   

वि.सं.२०८१ भदौ २३ आइतवार २०:२०

काठमाडौँ, २३ भदौ : प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले ‘बैंकिङ कसुर...

दसैँका लागि चलनचल्तीकै सफा र सुकिलो नोट साट्न पाइने   

दसैँका लागि चलनचल्तीकै सफा र सुकिलो नोट साट्न पाइने   

वि.सं.२०८१ भदौ २१ शुक्रवार २०:२७

काठमाडौँ, २१ भदौः नेपाल राष्ट्र बैंकले यसपटकको दसैँमा सर्वसाधारणका लागि...