काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ बढेको छ । नेपाली बजारमा आज सुन प्रतितोला ५०० रुपैंयाले बढेको हो ।
नेपाल सुन चाँदी ब्यावसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १६ हजार २०० रुपैयाँमा कारोबार भएको छ भने तेजावी सुन प्रतितोला १ लाख १५ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन सोमबार छापावाल सुन प्रतितोला १ लाख १५ हजार ७०० रुपैयाँमा र तेजावी सुन प्रतितोला १ लाख १५ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदी भाउ तोलामा ५ रुपैंया बढेर १ हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी १ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।
वि.सं.२०८० मंसिर ५ मंगलवार १०:४४ मा प्रकाशित