काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउ बढेको छ । नेपाली बजारमा आज सुन प्रतितोला ३०० रुपैंयाले बढेको हो ।
नेपाल सुन चाँदी ब्यावसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १६ हजार ५०० रुपैयाँमा कारोबार भएको छ भने तेजावी सुन प्रतितोला १ लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन मंगलबार छापावाल सुन प्रतितोला १ लाख १६ हजार २०० रुपैयाँमा र तेजावी सुन प्रतितोला १ लाख १५ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदी भाउ स्थिर रहँदै १ हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार पनि चाँदी १ हजार ४५५ रुपैयाँमा कारोबार भएको थियो ।
वि.सं.२०८० मंसिर ६ बुधवार १०:३९ मा प्रकाशित