back
NMB ad

मुक्तिनाथ कृषि कम्पनीको पहिलो चरणको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

Kumari bank ad

काठमाण्डौ । मुक्तिनाथ कृषि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको पहिलो चरणको आईपीओ बाँडफाँड गरेको छ ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलको कार्यालय लाजिम्पाटमा बिहीबार आईपीओ बाँडफाँड गरेको हो ।

कम्पनीका अनुसार यस निष्कासनमा ३१ हजार १९६ वटा आवेदन प्राप्त भएको थियो ।जसमध्ये २ जना आवेदकहरुको आवेदन रितपुर्वक नदेखिएकोले रद्द भएको छ भने कुल ३१ हजार १९४ जना आवेदकहरुलाई योग्य मानेर सेयर बाँडफाँड गरिएको छ ।

मागभन्दा बढीको आवेदन परेकोले गोलाप्रथाको माध्यमबाट सेयर बाँडफाँड गरिएको छ । जसअनुसार १४ हजार आवेदकले न्यूनतम १० कित्ताका दरले आईपीओ पाएका छन्।

कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई गत कात्तिक १० देखि कात्तिक २४ सम्म १ लाख ४० हजार कित्ता सेयर निष्कासन गरेको थियो ।

आइपीओको नतिजा हेर्नका लागि

१. बिक्री प्रबन्धकको वेबसाइट :       https://www.nimbacecapital.com/

२. मेरो शेयरको वेबसाइट :  http://meroshare.cdsc.com.np/#/login

३. सिडिएसको वेबसाइट :   http://iporesult.cdsc.com.np/

वि.सं.२०८० मंसिर ७ बिहीवार १२:२० मा प्रकाशित

You can share this post!

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...