back
NMB Ad

तिहारमा २४ करोड फूलको कारोबार   

Royal Enfield Inside Page Banner

काठमाडौँ, ८ मङ्सिर : यो वर्षको तिहारमा रु २४ करोड मूल्य बराबरको फूलको कारोबार भएको छ । अघिल्लो वर्षको तिहारमा रु २६ करोडको कारोबार भएकामा यो वर्ष रु दुई करोड कम कारोबार भएको हो ।

यो वर्ष फूलको उत्पादन राम्रो भए पनि मूल्य कम हुँदा गत वर्षको तुलनामा कारोबारमा कमी आएको पुष्प व्यवसायीको छाता संस्था नेपाल फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिनुभयो ।

अध्यक्ष तामाङले भन्नुभयो, “गत वर्षको तिहारमा रु एक सयमा फूलको माला बिक्री भएको थियो भने यस वर्ष सरदर रु ६५ मा उपभोक्ताले फूल खरिद गरेका थिए, कारोबार कम हुनुको मुख्य कारण नै फूलको मूल्य कमी हुनु हो ।”

यो वर्षको तिहारमा रु ३१ करोड २८ लाख मूल्य बराबरको फूलको कारोबार हुने अनुमान रहे पनि झन्डै रु सात करोड कम कारोबार भएको छ । यो वर्ष ७० प्रतिशत भारतीय फूल प्रयोग भएको र ३० प्रतिशत मात्रै नेपालमै उत्पादन भएको फूल प्रयोग भएका कारण नेपाली उत्पादनले राम्रो बजार नपाएको अध्यक्ष तामाङको भनाइ छ ।

भारतबाट ल्याई कोल्ड स्टोरमा राखिएको माला सस्तो पाउने भएपछि नेपाली फूलले समेत मूल्य नपाएको उहाँको भनाइ छ । यो वर्षको तिहारका लागि ४० लाख सयपत्री फूलको माला खपत हुने अनुमान गरिएको भए पनि ३० लाख सयपत्री, मखमली गोदावरी र मिक्स माला गरी जम्मा ३५ लाख फूलको माला खपत भएको बताइएको छ ।

पछिल्लो समय बजार माग वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४८ जिल्लामा पुष्पखेती विस्तार भइसकेको छ । नेपालमा हाल व्यावसायिक रूपमा चार सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ । नेपालमा लगभग दुई सय २१ हेक्टर क्षेत्रफलमा करिब एक हजार दुई सय व्यवसायीले यसको खेती गर्दै आएका छन् ।

यो वर्ष रु एक लाख मखमली फूलको माला विदेश निर्यात भएको छ । यसरी माला निर्यात हुने देशहरूमा अष्ट्रेलिया, अमेरिका, खाडी मुलुक रहेका छन् ।

वि.सं.२०८० मंसिर ८ शुक्रवार १४:५८ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
परराष्ट्रमन्त्री देउवा र युएइका मन्त्रीबीच भेटवार्ता, पोखरा–दुबई उडानका लागि आग्रह   

परराष्ट्रमन्त्री देउवा र युएइका मन्त्रीबीच भेटवार्ता, पोखरा–दुबई उडानका लागि आग्रह   

वि.सं.२०८१ फागुन ४ आइतवार २०:१३

काठमाडौँ : परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग संयुक्त अरब इमिरेट्स...

प्रधानमन्त्रीद्वारा उपप्रधानमन्त्री र नगरप्रमुखको स्वास्थ्य अवस्थाबारे जानकारी   

प्रधानमन्त्रीद्वारा उपप्रधानमन्त्री र नगरप्रमुखको स्वास्थ्य अवस्थाबारे जानकारी   

वि.सं.२०८१ फागुन ४ आइतवार २०:०६

कीर्तिपुर (काठमाडौँ) : प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न कीर्तिपुर...

राष्ट्रिय गौरवका आयोजना समयमा सम्पन्न गर्न सरकार गम्भीर छः प्रधानमन्त्री   

राष्ट्रिय गौरवका आयोजना समयमा सम्पन्न गर्न सरकार गम्भीर छः प्रधानमन्त्री   

वि.सं.२०८१ फागुन ४ आइतवार १६:०८

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरव र राष्ट्रिय...

एक बैंकसहित दुई कम्पनीको बोनस सेयर सूचिकृत, कुनको कति ?

एक बैंकसहित दुई कम्पनीको बोनस सेयर सूचिकृत, कुनको कति ?

वि.सं.२०८१ फागुन ४ आइतवार १६:०३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार दुई कम्पनीको बोनस...

नेप्सेमा एक बैंकको १ करोड ९८ लाख कित्ताबढी बोनस सेयर सूचिकृत

नेप्सेमा एक बैंकको १ करोड ९८ लाख कित्ताबढी बोनस सेयर सूचिकृत

वि.सं.२०८१ फागुन ४ आइतवार १५:५८

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार थप एक कम्पनीको...

परराष्ट्रमन्त्री देउवा र कतारका मन्त्रीबीच भेटवार्ता, विपिनको रिहाइका लागि सहयोग गरिदिन आग्रह   

परराष्ट्रमन्त्री देउवा र कतारका मन्त्रीबीच भेटवार्ता, विपिनको रिहाइका लागि सहयोग गरिदिन आग्रह   

वि.सं.२०८१ फागुन ४ आइतवार १५:१९

काठमाडौँ : परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग कतारका विदेशराज्यमन्त्री सुल्तान...