back
NMB Ad

सर्वोत्तम सिमेन्टको आईपीओमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडको आईपीओमा आवेदन दिने आज मंसिर १० गते अन्तिम दिन रहेको छ । कम्पनीले योग्य संस्थागत लगानीकर्ताहरुको लागि बुक बिल्डिङ्ग प्रक्रिया मार्फत मंसिर ६ गतेदेखि निष्काशन गरेको थियो।

कम्पनीको जारी पूँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशत अर्थात् ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर बुक विल्डिङ्ग विधि मार्फत निष्काशन गर्ने भएको हो । जसमध्ये ४० प्रतिशत अर्थात् २४ लाख कित्ता सेयरको लागि शुरुमा बिक्री मूल्य सीमा ५०१ रुपैयाँदेखि ७५१.५० रुपैयाँसम्म रहेकोमा सोलाई परिमार्जन गरी बिक्री मूल्य सीमा ४०१ रुपैयाँदेखि ६०१.५० रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ ।

नेपाल स्टक एक्सचेञ्जले सञ्चालन गर्ने बोलकबोल प्रक्रियामा योग्य संस्थागत लगानीकर्ताहरुलाई सहभागि गराई परिमार्जित बिक्री मूल्यको सीमा भित्र रहि बोलकबोल मार्फत सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

बोलपत्र पेश गरेको भोलिपल्ट संस्थागत लगानीकर्ताहरुलाई निष्कासित सेयर पूर्णरुपमा बिक्री हुने गरी प्राप्त बोलकबोलको ‘कट अफ प्राइस’ मूल्य निकालिने कम्पनीले जानकारी गराएको छ । कट अफ प्राइस वा सोभन्दा बढी मूल्यमा कबोल गर्ने सबै आवेदनकलाई माग बमोजिमको धितोपत्र कट अफ प्राइसमा बाँडफाँड हुनेछ । उक्त कट अफ प्राइस भन्दा १० प्रतिशत मूल्य घटाएर दोस्रो चरणमा सर्वसाधारणलाई सेयर जारी हुन्छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ।

वि.सं.२०८० मंसिर १० आइतवार ०६:३३ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
यी दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन,  कुनले कति दिंदैछ ?

यी दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनले कति दिंदैछ ?

वि.सं.२०८१ फागुन २७ मंगलवार १०:२३

काठमाडौं । आज फागुन २७ गते, मंगलबार, दुई कम्पनीको लाभांश...

बिमा बोर्डको कार्यकारी निर्देशकमा विकास अर्थशास्त्री डा काफ्ले नियुक्त  

बिमा बोर्डको कार्यकारी निर्देशकमा विकास अर्थशास्त्री डा काफ्ले नियुक्त  

वि.सं.२०८१ फागुन २७ मंगलवार १०:१६

काठमाडौँ : सरकारले डा रघुराज काफ्लेलाई स्वास्थ्य बिमा बोर्डको कार्यकारी...

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची   

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची   

वि.सं.२०८१ फागुन २७ मंगलवार ०६:५६

काठमाडौँ : सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज मध्याह्न १ः०० बजे...

वैदेशिक अध्ययनमा विदेशियो ६४ अर्ब १५ करोड   

वैदेशिक अध्ययनमा विदेशियो ६४ अर्ब १५ करोड   

वि.सं.२०८१ फागुन २७ मंगलवार ०६:५१

काठमाडौँ : चालु आर्थिक वर्षको सात महिनामा उच्च शिक्षाका लागि...

लगानी गर्ने होइन त ? सर्वसाधारणका लागि आजैदेखि १४ लाख ७६ हजार कित्ता आईपीओ खुला

लगानी गर्ने होइन त ? सर्वसाधारणका लागि आजैदेखि १४ लाख ७६ हजार कित्ता आईपीओ खुला

वि.सं.२०८१ फागुन २७ मंगलवार ०६:४१

काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले आज फागुन २७ गतेदेखि...

विदेशी मुद्राको विनिमयदर, आज कुन देशको कति ?

विदेशी मुद्राको विनिमयदर, आज कुन देशको कति ?

वि.सं.२०८१ फागुन २७ मंगलवार ०६:३३

काठमाडौँ : नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर...