काठमाडौं ।हिमालयन लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने भएको छ ।
लघुवित्तको मंसिर ८ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफालाई सञ्चित गर्ने निर्णय गरेको छ।
कम्पनीले लाभांश वितरण नगर्ने प्रस्तावसहित अन्य वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने र बैंकबाट कुनै संशोधन,सुझाव र निर्देशन प्राप्त भएमा कम्पनीको आगामी साधारण सभामा पारितका लागि पेश गर्ने निर्णय गरेको छ ।
वि.सं.२०८० मंसिर १० आइतवार १०:१७ मा प्रकाशित