back
NMB Ad

नेको इन्स्योरेन्सको नाफामा उछाल, कुन सूचक कस्ता ?

Royal Enfield Inside Page Banner

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

प्रकाशित विवरण अनुसार इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ८ करोड ८० लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा १४९. ५१ प्रतिशतले बढी हो ।

गत वर्ष यसले ३ करोड ५२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। समिक्षा अवधिमा कम्पनीको उक्त आम्दानी १० करोड ७० लाखबाट बढेर ११ करोड ६१ लाख रुपैयाँ पुगेको छ । त्यसैगरी कम्पनीको बिमा बापतको दावी भुक्तानी पनि घटेको छ ।

कम्पनीको कुल दावी भुक्तानी २९ करोड २८ लाख रुपैयाँ रहेको छ । गत वर्ष ३३ करोड ९२ लाख रुपैयाँ थियो । हाल यस इन्सुरेन्सको चुक्ता पुँजी २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँ छ । यसको रिटेन्ड अर्निङमा ३३ करोड १६ लाख रुपैयाँ रहेको छ । यो गत वर्षको भन्दा १५ प्रतिशतले धेरै हो ।

कम्पनीको बिमा कोष ३ अर्ब ५७ करोड २२ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीले ४३ करोड १९ लाख रुपैयाँ बराबरको खुद बिमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको भन्दा २.९८ प्रतिशतले धेरै हो । गत वर्ष यसले ४१ करोड ९४ लाख रुपैयाँ बराबरको बिमा शुल्क आर्जन गरेको थियो । कम्पनीको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ५० पैसा छ । प्रतिसेयर नेटवर्थ भने २११ रुपैयाँ ७१ पैसा रहेको छ।

वि.सं.२०८० मंसिर १० आइतवार १३:१९ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
पाथीभरा केबलकार विवाद समाधान गर्न सरकारी वार्ता टोलीद्वारा आन्दोलनरत पक्षसँग छलफल सुरु   

पाथीभरा केबलकार विवाद समाधान गर्न सरकारी वार्ता टोलीद्वारा आन्दोलनरत पक्षसँग छलफल सुरु   

वि.सं.२०८१ माघ २१ सोमवार १९:३५

 काठमाडौँ : ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा निर्माण गर्न लागिएको केबलकारका...

भोली प्रदेशभर सार्वजनिक बिदा (सूचनासहित)

भोली प्रदेशभर सार्वजनिक बिदा (सूचनासहित)

वि.सं.२०८१ माघ २१ सोमवार १९:२९

पोखरा । गण्डकी प्रदेश सरकारले भोली माघ २२ गते प्रदेशभर...

ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओमा कति पर्यो आवेदन ?

ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओमा कति पर्यो आवेदन ?

वि.सं.२०८१ माघ २१ सोमवार १७:५१

काठमाडौं। ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आइपीओमा पहिलो दिनमै माग भन्दा...

चितवनमा प्रिमियम र स्मार्ट नामी सार्वजनिक: बिग ह्याच विथ फाइभ स्टार लक्जरी

चितवनमा प्रिमियम र स्मार्ट नामी सार्वजनिक: बिग ह्याच विथ फाइभ स्टार लक्जरी

वि.सं.२०८१ माघ २१ सोमवार १७:३७

चितवन : नेपालमा डोङफेङ ईभीको आधिकारिक वितरक एमएडब्ल्यू वृद्धिले बागमती...

लुम्बिनी सेरामिक्सले आईपीओ निष्काशन गर्ने

लुम्बिनी सेरामिक्सले आईपीओ निष्काशन गर्ने

वि.सं.२०८१ माघ २१ सोमवार १७:२०

काठमाडौं । नेपालकै पहिलो र एकमात्र शतप्रतिशत भिट्रिफाइड टाईल्स्, लामिनार...

नाडाको सहयोगमा पोखरामा वाडा अटो शो आयोजना हुने

नाडाको सहयोगमा पोखरामा वाडा अटो शो आयोजना हुने

वि.सं.२०८१ माघ २१ सोमवार १७:०२

काठमाडौं । मिति २०८१ पौष २० गते काठमाडौमा नाडाले आफनो...