काठमाडौं। नेपाल धितोपत्र बोर्डले नेप्सेमा सुचिकृत ८८ वटा कम्पनीलाई कारबाही गरेको छ । धितोपत्र बोर्डको कार्तिक २० गतेको संचालक समितिको बैठकले आ।व। २०७९र८० को चौथो त्रैमासिक वित्तीय विवरण नबुझाएका तथा ढिलो बुझाएका ८८ कम्पनीलाई कारवाही गर्ने निर्णय गरेको थियो ।
बोर्डले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासिक विवरण ढिलो बुझाउने तथा नबुझाएका संस्थाहरुलाई कारबाही गरेको हो ।
यसरी कारबाहीमा पर्ने कम्पनीमध्ये अधिकांश जलविद्युत, माइक्रोफाइनान्स, वित्त कम्पनी र साना साइजकका बैंकहरु रहेका छन् । कुल ८८ कम्पनीमध्ये ६९ वटाले ढिलो वित्तीय विवरण बुझाएका र बाँकीले हालसम्म वित्तीय विवरण नै नबुझाएका बोर्डको आरोप छ ।
वि.सं.२०८० मंसिर १२ मंगलवार १९:३६ मा प्रकाशित