back
NMB ad

सानिमा बैंक अब स्याङ्जाको पुतलीबजारमा

Kumari bank ad

काठमाडौं । सानिमा बैंक लिमिटेडल आज मंसिर १३ गते स्याङ्जाको पुतलीबजारमा शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ, बैंकका संचालक, रमेश कुमार पोखरेल तथा बैंकका प्रमुख कार्यकारी अधिकृत, निश्चल राज पान्डेले संयुक्त रुपमा गर्नुभयो ।

समुद्घाटन समारोहमा मदन कृष्ण श्रेष्ठले स्याङ्जाको पुतलीबजारमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गर्नुभयोे । त्यसैगरी सानिमा बैंकका संचालक, रमेश कुमार पोखरेलले सानिमा बैंकलाई विश्वास गरि सबल अनि विश्वस्निय बैंकको रुपमा स्थापित हुन सहयोग गर्ने बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्नुभयो ।

त्यसैगरी उक्त कार्याक्रममा बोल्दै, बैंकका प्रमुख कार्यकारी अधिकृत, निश्चल राज पान्डेले स्याङ्जा जिल्लामा शाखा स्थापना गरेर बैंकले स्थानियग्राहरुलाई विश्वसनीय एवम स्तरीय सेवा प्रदान गर्ने प्रतिवद्दता व्यक्त गरी यस कार्याक्रममा सम्पुर्ण स्याङ्जा वासिको सहयोग र साथ पाउने विश्वास व्यक्त गर्नुभयो । सानिमा बैंकको देशका सातै प्रदेशमा १३३ वटा कार्यालय र १२३ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

वि.सं.२०८० मंसिर १३ बुधवार १६:२१ मा प्रकाशित

You can share this post!

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ असार ५ बुधवार १५:११

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

सेयर बजारमा सामान्य सुधार आउँदा यी कम्पनीको सेयर मूल्य उच्च दरमा बढ्यो

सेयर बजारमा सामान्य सुधार आउँदा यी कम्पनीको सेयर मूल्य उच्च दरमा बढ्यो

वि.सं.२०८१ असार ५ बुधवार १५:०६

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

ग्लोबल आइएमई बैंकको उत्कृष्ट बैंकिङ्ग सेवा र अब्बल नतिजाको यात्रा

ग्लोबल आइएमई बैंकको उत्कृष्ट बैंकिङ्ग सेवा र अब्बल नतिजाको यात्रा

वि.सं.२०८१ असार ५ बुधवार १३:५४

काठमाडौं । विश्वका विभिन्न कुनाहरुमा स्थापना भएको सम्पूर्ण ब्यवसायहरुले आफ्नो...

समस्याग्रस्त ३ सहकारीको सम्पूर्ण बचत फिर्ता

समस्याग्रस्त ३ सहकारीको सम्पूर्ण बचत फिर्ता

वि.सं.२०८१ असार ५ बुधवार १३:३७

काठमाडौं । भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम...

महिन्द्राले ल्यायो ”ज्याला फ्रि, बोलेरो मर्मत र सर्भिसिङ्गमा बचत बढी“ योजना

महिन्द्राले ल्यायो ”ज्याला फ्रि, बोलेरो मर्मत र सर्भिसिङ्गमा बचत बढी“ योजना

वि.सं.२०८१ असार ५ बुधवार १३:२९

काठमाडौं । अग्नि ग्रुप अन्तर्गत बालाजु अटो वर्कसले आफ्ना महिन्द्रा...

स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण पूरा गरी  राष्ट्रपति पौडेल स्वदेश फिर्ता   

स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण पूरा गरी  राष्ट्रपति पौडेल स्वदेश फिर्ता   

वि.सं.२०८१ असार ५ बुधवार ११:१०

काठमाडौँ, ५ असारः राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फर्कनुभएको छ ।...